राष्ट्रपति पुटिनको कार्यकाल बढाउने पक्षमा भारी बहुमत

 न्यूज विराट
राष्ट्रपति पुटिनको कार्यकाल बढाउने पक्षमा भारी बहुमत

एजेन्सी, असार १८-रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त भएको छ ।

रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७.९२ प्रतिशत मत प्राप्त भएको जनाएको छ । आयोगका अनुसार कूल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए ।

रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमत संग्रहका लागि आह्वान गरेका थिए । जसमा राष्ट्रपतिको कार्यकाल समेत अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरु रहेका थिए । उनको राष्ट्रपतिको वर्तमान कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ ।

पछिल्लो जनमत संग्रहले पुटिनलाई अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार हुन मार्गप्रशस्त गरेको छ । यस्तै, संविधान संशोधन प्याकेजमा राष्ट्रपति र संसदको अधिकार क्षेत्रलाई व्यापक बनाउने प्रस्ताव पनि अनुमोदित भएको छ ।

राष्ट्रपतिले रुसमा समलिंगी विवाहमाथि प्रतिबन्ध लगाउन सक्ने तथा मजदूरको न्यूनतम ज्याला एवं निवृत्तीभरणको प्रत्याभूति गर्न पाउने व्यवस्थालाई नयाँ जनमत संग्रहले अनुमोदन गरेको छ ।

रुसका दुबै सदनले यसअघि नै संविधान संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेका छन् तर राष्ट्रपति पुटिनले संविधान संशोधनलाई जनमत संग्रहमार्फत अनुमोदन गराउन चाहेको बताए ।

सम्बन्धित समाचार

अब ५० हजारभन्दा कम रकम बैंकमा डिपोजिट गर्न नपाइने

वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्स संघले विद्युतीय कारोबालाई प्राथमिकता दिन सर्वसाधारणलाई आग्रह गरेक‍‍ो छ । नेपाल राष्ट्र बैंकले एक चाैथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन गरेकोमा बैंकर्स संघले तोकिएका काममा मात्रै बैंक आउन भनेको हो ।...

यस्तो छ आजको मौसम

नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस...

सिराहाबाट अंशु सदालाई विराटनगरमा ल्याएर यसरी गरे हत्या

विराटनगर ।  सिराहा गोल बजार नगरपालिका – ३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । अंशुको अपहरण गरेपछि हत्या गरेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिका–६...

आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

नयाँ पार्टी गठन गर्ने खरेलको घाषणा

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्। भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।...

हिसान स्पोर्ट्स मिट भोलीबट सुरु, एक हजार बढी विद्यार्थीको सहभागि

विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्ट्स मिट बुधबारदेखि सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले विराटनगरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।हिसानले मंगलबार विराटनगरमा पत्रकार...

पार्टी लाइनमा आउँदा मेरो जित भएको छ : वामदेव गौतम

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले आज सिङ्गो पार्टी   लाइनमा आउँदा आफ्नो जित भएको बताएका छन् । उपाध्यक्ष गौतमले भनेका छन्, ‘महाकाली सन्धि...

सिरहाका ७ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

सिरहा, १९ भदौ-आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका ७  स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी १० असाभित्रै बजेट ल्याइसक्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्