यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

 न्यूज विराट
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, १८ असार-सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिने ३० करोड ८० लाख रुपैयाँबराबरको अनुदान सहायता स्वीकार गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जापान सरकारले दिने विद्यालय क्षेत्र विकास सहायताको रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको बताए ।

मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ–नौबिसे २२० केभी प्रसारण लाइन र  कुशाहा–विराटनगर १३२ केभी  प्रसारण लाइनका लागि जमिन उपलब्ध गराउने निर्णय भएको पनि बताए ।

यस्तै, सर्लाही रामनगर– ४ का रामजलम रायको परिवारलाई राहत क्षतिपूर्तिस्वरूप १० लाख रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत २ वटा अस्थायी दरबन्दी स्वीकार गर्ने, बिदामा नेपाल आएका करार र भिसा अवधि बाँकी रहेकाहरूको हकमा पीसीआर परीक्षण र अन्य स्वास्थ्य प्रोटोकल पालना गरी जान दिने निर्णय पनि सरकारले गरेको छ ।

पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले कोभिड परीक्षण र अन्य प्रोटोकलको पूरा गरेमा पुनः स्वीकृति दिने निर्णय पनि भएको उनले बताए ।

सम्बन्धित समाचार

घुसपैठ गर्न आएको अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो

एजेन्सी, जेठ १७-चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको...

एस्पायर कलेजमा कोरियन सरकारको छात्रवृत्ति

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूले छात्रवृत्ति पाउने भएका छन् । B.Tech. Ed (IT) कार्यक्रममा भर्ना भएका बिद्यार्थीहरुले काठमाडौ विश्व बिधालयको संयोजनमा कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका हुन् । यस कार्यक्रममा...

देशभर चिसो बढ्यो

काठमाडौँ, २४ कात्तिक-काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने...

१० हजारमा खोप परीक्षणको तयारी, ४० करोड खोपका लागि सम्झौता

एजेन्सी, जेठ १०-लायतमा १० हजार मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणको तयारी सुरु भएको छ । बेलायतका वैज्ञानिकले तयार पारेको खोप अघिल्लो चरणमा प्रवेश गरेको हो  । यो सफल भएमा बेलायतमा बच्चा र वृद्धवृद्धासमेत १० हजार...

२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

काठमाडौं, ५ साउन-कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट...

सहुलियतका लागि संघ र प्रदेशलाई उद्योगी-व्यवसायीको ध्यानाकर्षण

विराटनगर, २२ असार-प्रदेश–१ का उद्योगी व्यवसायीले लकडाउनका कारण सिर्जित आफ्ना समस्या तथा पाउनुपर्ने सहुलियतको बिषयमा संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । विभिन्न ४३ वटा व्यापारिक संघसंस्थामा आबद्ध भएका उनीहरूले सामूहिकरूपमा सरकारको ध्यानाकर्षण गराएका...

आइपीएलः पन्जाबद्वारा हैदराबाद १२ रनले पराजित

एजेन्सी, ९ कात्तिक-युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । पञ्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको हो । दुबईमा गएराति भएको खेलमा पन्जाबले दिएको १ सय २७ रनको...

कोरोना कोषमा कांग्रेस सांसदको साढे २२ लाख, ३ जनाले दिए १ महिनाको पारिश्रमिक

काठमाडौं, ३० वैशाख-कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा सङ्घीय  संसदबाट थप २८ लाख ९७ हजार रुपैयाँ जम्मा गरिएको छ ।  यस अघि संसद सचिवालयले   १ करोड १ लाख जम्मा गरेकोमा मंगलबार पुन सांसदहरुको २८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्