प्रदेश १ मा आज ११ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा आज ११ संक्रमित थपिए

विराटनगर, १८ असार–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । आज मोरङमा ६, सुनसरीमा ३, खोटाङ र झापामा १–१ जनामा संक्रमण देखिएको छ । मोरङको उर्लाबारीमा ४ महिला र २ पुरुष, सुनसरीको इटहरीमा ३ पुरुष, खोटाङको दिक्तेल र झापाको शिवसतासीमा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय १५ जना पुगेका छन् । प्रदेश १ बाट ४ सय डिस्चार्ज भएका छन् । आज संक्रमण देखिएकाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

क्षतीपूर्ती माग्दै मुख्यमन्त्री अगाडी पत्रकार ठाकुरको प्रर्दशन

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिनुपर्ने माग राख्दै पत्रकारले प्रर्दशन गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो...

काठमाडौंबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता

कञ्चनपुर, १५ वैशाख-अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौंमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ बस पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो समयदेखि आश्रय लिइरहेका नेपाली मजदुरलाई स्वदेश ल्याउने विषय अझै किनारा...

कोरोना प्रकोप अन्त्य नहुँदासम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, १ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट कोरोना भाइरस (कोभिड–१९) बाट अन्त्य नभएसम्म पारिश्रमिक नलिने निर्णय गरेका छन् ।नयाँ वर्षकाको उपलक्ष्यमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना प्रकोप नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने निर्णय गरेका हुन्...

भोलि प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरुक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा शोक व्यक्त गर्दै बिहीबार सार्वजनिक विदा दिन निर्णय गरेको छ। प्रदेश १ सरकारले थापाको निधनप्रति राष्ट्रिय झण्डा झुकाउने बुधबार निर्णाय गरेको...

प्याब्सन स्पोर्ट्स मिट : बास्केटबलमा एभरेष्ट र बिकेभिएम सेमिमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत शुक्रबार भएको बास्केटबलमा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भइ सेमिफाइलनमा पुगेको छ ।विराटनगरको एभरेष्टका खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैचना नगरपालिकामा रहेको ब्राइट फ्यिुचर...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक...

कोशीमा सुत्केरीको मृत्यु, विरामीको आफन्तद्धारा अस्पतालमा नाराबाजी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आइसियुमा मोरङ धनपालथान गाउँपालिका ३ का १८ बर्सिया सुलेखा मण्डलको आज राती मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।...

कैलालीको गोदावरी नगरपालिका आजदेखि सिल

धनगढी, ६ असार-कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिँदै गएपछि आजदेखि नगरक्षेत्र सिल गरिएको छ।एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि गोदावरी नगर क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगर प्रमुख हरिसिंह साउँदले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्