भारतीय मिडियाको दाबीः प्रधानमन्त्री ओलीको कुर्सी खतरामा

 न्यूज विराट
भारतीय मिडियाको दाबीः प्रधानमन्त्री ओलीको कुर्सी खतरामा

काठमाडौं, १७ असार-नेपालबारे कममात्रै समाचार छापिने भारतीय सञ्चारमाध्यममा पछिल्लो समयमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई नक्सामा समावेश गरेसँगै भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाउन थालेका छन् ।

सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको समाचारलाई भारतका सञ्चारमाध्यमले प्राथमिकताका साथ छापेका छन् ।

भारतीय सञ्चारमाध्यमले नेपालको नयाँ नक्सा जारी गर्नका लागि प्रधानमन्त्री ओलीको भूमिका रहेको उल्लेख गर्दै आएका छन । त्यसैले भारतीय सञ्चारमाध्यमले ओलीविरुद्धका समाचारलाई पनि प्राथमिकता दिइरहेका छन् । दैनिक भास्करको अनलाइन संस्करणले नेकपाका सबै शीर्ष नेताले ओलीको राजीनामा मागेको विषयमा समाचार प्रकाशितत गरेको छ ।

भारतमाथि सरकार ढाल्ने कोशिस गरेको आरोप लगाएपछि नेपालका प्रधानमन्त्री ओलीको कुर्सी खतरामा परेको भन्दै ओलीले यसमाथि स्पष्टिकरण दिएपनि त्यसले उनको कुसी बचाउन कठिन हुने उल्लेख गरेको छ ।

ओलीमाथि भारतसँग सम्बन्ध बिगारेको र ढुलमुले रवैया अपनाएका कारण चीनले पनि नेपाली भूमि मिचेको आरोप लागेको उल्लेख गरेको छ । भास्करले प्रधानमन्त्रीले एक पटक फेरि भारतविरोधी कार्ड खेल्न लागेको र आफ्नो असफलता लुकाउन गलत हथकन्डा अपनाएर ध्यान अन्यत्र मोड्न खोजेको आरोप लागेको उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

विराटनगर । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो । बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा...

आत्मनिर्भर बनाउन हस्तकला सम्बन्धी तालिम

विराटनगर । हस्तकला सम्बन्धी सिपमुलक एक हप्ते तालिम सम्पन्न भएको छ । करुणा फाउन्डेसन नेपाल र फेयर मेड फाउन्डेसनको आयोजनामा अपाङ्गता भएका ब्यक्ति, परिवारका सदस्यहरू र कुष्ठ तथा हात्तीपाइले प्रभावित व्यक्तिहरूका लागि हस्तकला सम्बन्धी सिपमुलक...

सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २४ असार-कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड–...

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी

काठमाडाैं, ३० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानकाे प्रयासमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेकाे छ । ९ दिनयताकाे संवादहिनता ताेड्दै ओली–प्रचण्डले हिजोबाट पुनः छलफल सुरु गरेका छन् । २ अध्यक्षबीच हिजो...

विराटनगरका उद्योगी श्रवण अग्रवाललाई कुटपिट गर्नेमाथि कारबाहीको माग (विज्ञप्तीसहित)

विराटनगर, २ फागुन । विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । विराट व्यापार संघले एक विज्ञप्ती प्रकाशित गर्दै कुटपिटमा संलग्न पवन शर्मालाई कारबाही गर्न माग गरेको हो । व्यापार संघले अग्रवालमाथि...

अखिल क्रान्तिकारीले आगजनी घटनाको जनायो विरोध

विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरेको निर्वाचन कार्यालयमा भएको आगजनीको घटनाप्रति कडा विरोध जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका प्रतिनिधिहरूले यस घटनालाई गैरकानुनी र...

मोरङमा पूँजीगत तर्फ ८४ प्रतिशत खर्च

विराटनगर,१५ साउन । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार...

प्रदेश १ मा कोरोना संक्रमणको नयाँ रेकर्डः आज ११४० जना थपिए

विराटनगर, ३ जेठ । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्