काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक घन्टामै स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकमा योगेश भट्टराई, लिलामणि पोखरेल, केशव खतिवडा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका थिए ।
नेपाली काङ्ग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संसदबाट शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेकाले संसदमा नेताहरू जानुपर्ने भएका कारण स्थगित भएको हो ।
यसअघि मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन दूतावास र होटलहरूमा षड्यन्त्र भएको अभिव्यक्तिबारे अन्य शीर्ष नेताहरूले स्पष्ट पार्न माग गरेका थिए ।