नेपालमा पहिलो पटक भित्रियो सलह कीरा

 न्यूज विराट
नेपालमा पहिलो पटक भित्रियो सलह कीरा

काठमाडौं, १३ असार-नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पुर्‍याएपछि यसको आशंका गरिएको हो ।

कृषि मन्त्रालयले बारा र पर्सामा सलह किरा पहिलो पटक देखापरेको जनाएको छ । यद्यपि यसको पुष्टि हुन भने बाँकी रहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । उनका अनुसार बाराको कृषि ज्ञान केन्द्रले सलह कीरा पसेको भनेर मन्त्रालयलाई पत्रचार गरेको हो ।

पत्रचारपछि सो विषयमा अध्ययन गर्नका लागि मन्त्रालयले प्राविधिक टोली खटाएको छ । प्रवक्ता केसीले प्राविधिक टोली नेपालमा सलह कीरा पसे नपसेको पुष्टि गर्न पर्सातर्फ लागिसकेको जनाए । उनले टोली आइतबारसम्ममा जिल्लामा पुगेर अध्ययन गर्ने र त्यसपछि नेपालमी उक्त कीराको प्रकोप रहे/नरहेको बारे पुष्टि हुने बताए ।

भारतसँग जोडिएका २ गाउँपालिकाका किसानले लगाएका मकै, धान, केरालगायतका बालीमा सहल जस्तै कीरा टाँस्सिएको भन्ने पत्र मन्त्रालयलाई  जनाएको छ ।

सम्बन्धित समाचार

भारतीय दूतावास अगाडिबाट अनेरास्ववियूका नेता-कार्यकर्ता पक्राउ

 काठमाडौं, २७ वैशाख-नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन कार्यक्रम...

अलपत्रलाई उद्धार गर्न बुटवलमा २ वटा बसको व्यवस्था

बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिँड्न पनि रोक लगाएपछि सडकमा यात्रु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पुर्‍याउने गरी उपमहानगरपालिकाले व्यवस्थापम गरेपछि सडकमा पैदलयात्रीसमेत देखिन छाडेका हुन् ।...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं, जेठ २–सरकारको नीति तथा कार्यत्रम संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने छिन् । नीति तथा कार्यक्रम पेस गर्न संसद्...

हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी अनुसन्धान प्रतिवेदन फिर्ता

एजेन्सी, जेठ २३-मलेरियाको औषधि हाइड्रोक्सिक्लारोक्विन कोरोना भाइरसका विरामीको उपचारमा घातक रहेको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन फिर्ता लिइएको छ । हाइड्रोक्सिक्लोक्विन औषधि कोरोना भाइरसका संक्रमितलाई दिएमा मृत्यु हुने  वा मुटुमा समस्या आउने जोखिम रहेको सो प्रतिवेदनमा औल्याइएको...

वेरोजगारीले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन : सरकार

काठमाडौं, २ जेठ-सरकारले बेरोजगारीले कोही भोकै नपर्ने र भोकले कोही नमर्ने गरी रोजगराीको सुनिश्‍चितता गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रबार सङ्घीय संसद हलमा सङ्घीय संसद र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा...

लकडाउनको मोडालीटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति

काठमाडौं, २२ वैशाख-झण्डै डेढ महिना लामो बन्दाबन्दीको कारण जनवीवन प्रभावित भएपछि बन्दाबन्दीको मोडालिटी परिवर्तनका विषयमा सरकारले छलफल सुरु गरेको छ । सोमबार कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिले विज्ञहरूसँग राय मागेको छ । उपप्रधानमन्त्री तथा...

सांसद यादव अपहरण प्रकरणको अनुसन्धान सकियो

काठमाडौं, जेठ ४-प्रहरीले सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान पूरा गरेको छ । पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान’ संलग्न अपहरण मुद्दाको अनुसन्धान पूरा भएको काठमाडौं प्रहरीले जानकारी गराएको हाे...

महानगरीय प्रहरी परिसरमा ज्ञावली र अपराध महाशाखामा थापाको सरुवा

काठमाडौं, १२ वैशाख-महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दीपक थापाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले आज सरुवा गरेको हो । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्