उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

 न्यूज विराट
उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, १२ असार-उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सङ्घीय संसद् सचिवालय र नेपाल कानून आयोगलाई विपक्षी बनाएर अधिवक्ता तुलसी सिम्खडाले रिट निवेदन दायर गरेका हुन् ।

संविधानअनुसार उपसभामुखको पद एक महिनाभन्दा बढी रिक्त राख्न नहुने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै निवेदनमा उक्त पदको निर्वाचनका निम्ति सम्बन्धित निकायका नाममा परमादेशको आदेश जारी गर्न आग्रह गरिएको छ ।

यही १ असारमा दायर भएको उक्त रिटमा ११ असारमा प्रथम सुनावाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले निवेदनमाथि अग्राधिकारको आदेश दिएको अधिवक्ता सिम्खडाले राससलाई जानकारी दिए । रासस 

सम्बन्धित समाचार

लेखाका कर्मचारीको माग प्रदेश सरकारले सम्बोधन गर्ने, कर्मचारी फर्किए काममा

विराटनगर । कोशी प्रदेशका लेखाका कर्मचारीहरु शुक्रबारदेखि काममा फर्किएका छन् । गत असार ६ गतेदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका कर्मचारीहरू प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले न्यायोचित मागको सम्बोधन गर्न आवश्यक...

श्रीमतीकै योजनामा औषधी व्यवसायी दुलालको हत्या भएको खुलासा

विराटनगर, जेठ ५–विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनामा मृतक दुलालकी श्रीमतिसहित घटनामा संलग्न थप दुईजनालाई नियन्त्रणमा लिएपछि सो खुलासा भएको हो ।...

प्याब्सन स्पोर्टस् मिट : भलिबल जुनियरको उपाधि मोरङ पब्लिकलाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्टस् मिट अन्र्तगत जुनियर छात्रातर्फको भलिवलको उपाधि मोरङ पब्लिक स्कुलले जितेको छ । सहिद मैदानमा आइतबार सम्पन्न भएको जुनियर भलिवल प्रतियोगिताको फाइनलमा सुन्दरहरैँचाको इन्द्रपुर नमुना स्कुललाई २५–२१ र २५–१७...

सुर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष २७ हजार बढीको मृत्यु

काठमाडौं, १२ साउन-स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनीमूलक सन्देश राख्ने नियम...

आजदेखि मतदाता नामावली संकलन नहुने, औँठा छाप हान्ने काम भाेलिसम्म

आजदेखि आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन नगर्ने जनाएको हो । गत असार १ गतेदेखि आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले मतदाता नामावली संकलन थालेको थियो...

१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको...

तेस्रो प्याब्सन कप : गोदावरी र सेन्टजोसेफ क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शुक्रबार भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै...

नेप्से परिसूचक आज नयाँ उचाइमा

काठमाडौं, ८ माघ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्