२ असईसहित ३ प्रहरी निलम्बित

 न्यूज विराट
२ असईसहित ३ प्रहरी निलम्बित

काठमाडौं, १२ असार-प्रदेश २ प्रहरी कार्यालयले आचरणविपरीत काम गरेको भन्दै २ जना असईसहित ३ जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा रौतहट जिल्लाको इलाका प्रहरी कार्यालय पिपरा रजवाडा दरबन्दी भई प्रहरीचौकी औरैयामा कार्यरत प्रहरी सहायक निरीक्षक ललित शाह, सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारा रहेको प्रदेश २ प्रहरीले जनाएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार उनीहरू दुवैले वित्तीय अपराध (हुण्डी) मा संलग्न व्यक्तिको आर्थिक प्रलोभनमा परी सहयोग पुर्‍याएको प्रमाणित भएको छ ।

डीआईजी सिंहले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता र आन्तरिक शुद्धीकरण गर्ने नीतिअनुरुप कारबाही गर्ने सिलसिलामा प्रदेश प्रहरी कार्यालयबाट निलम्बन गरिएको बताए ।

त्यसैगरी, रौतहटकै इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा दरबन्दी भई प्रहरी चौकी ब्रह्मपुरी, रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक सञ्जीवकुमार झाले सुध्रिने मौका पटकपटक दिँदा पनि प्रहरी आचरणविरुद्धका काम कारबाही गरेको र नसुध्रिएकाले उनलाई पनि निलम्बन गरिएको प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने, माओवादी र समाजवादीमा छट्पटी

विराटनगर, २५ चैत । विराटनगरमा एक्लै बलियो अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसले गठबन्धनमा आवद्ध कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेपछि गठबन्धनकै अरु दलमा छट्पटी सुरु भएको छ । कांग्रेससँग गठबन्धन गरेर भागवण्डा पाइने आशमा...

पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर ११ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

छठ पर्वका लागि विराटनगरमा खोलामा सरसफाइमा गरिँदै

विराटनगर, २३ कात्तिक । नेपालीहरुका दुई ठूला चाड दसैं र तिहार सकिएसँगै अहिले अर्को महत्वपूर्ण पर्व छठको चटारो सुरु भइसकेको छ । अहिले विराटनगर बजारमा छठ पर्वका लागि आवश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ ।...

बलात्कार मुद्दामा सन्दिप लामिछानेलाई सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई...

वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार

नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न...

जागरण अभियान चलाउने तेली अगुवाको प्रतिवद्धता

विराटनगर । तेली कल्याण समाजमा आवद्ध भएका अगुवाहरुले शहरदेखि गाउँसम्म जागर अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सचेतना अभियानसँगै कानुन र नेतृत्व विकासको लागि जागरण अभियान सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । तेली कल्याण...

हिमालय दर्शन कलेजका ५९ विद्यार्थी दीक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई...

विराटनगरमा जुक्त चप्पल व्यापार मेला सुरु, १० करोडको कारोवार गर्ने अपेक्षा

विराटनगर, ५ चैत । प्रदेश १ को राजधानी विराटनगरमा बिहिबारदेखि जुत्ता चप्पल ब्यापार मेला शुरु भएको छ । एकमहिने मेलामा ६ लाख जोर जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्