४९ करोडको सबारीसाधन किन्दै प्रदेश १ सरकार

 न्यूज विराट
४९ करोडको सबारीसाधन किन्दै प्रदेश १ सरकार

विराटनगर, असार ११–सवारी साधन खरिदसहित प्रशासनिक खर्च कटौती गर्ने घोषणा गरेको प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष करिब आधा अर्ब रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको छ ।

प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सवारी साधन खरिदका लागि ४८ करोड ५० लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले सवारी साधन मर्मत शीर्षकमा आगामी आर्थिक वर्षका लागि ७ करोड ६६ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी बजेटमा इन्धनमा ९ करोड ३४ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले सवारी साधन खरिदभन्दा दोब्बर बढी बजेट मेसिनरी तथा औजार खरिद शीर्षकमा विनियोजन गरेको छ । प्रदेश सरकारका मन्त्रालय र कार्यालयका लागि विभिन्न विद्युतीय सामग्रीहरू खरिद गर्नका लागि ९१ करोड ६३ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सवारी साधन खरिदमा गत वर्षको भन्दा कम बजेट विनियोजन गरिएको भए पनि कार्यालय सञ्चालनको अन्य खर्च भने करिब उस्तै देखिएको छ । प्रदेश सरकार मातहतका मन्त्रालयहरूले कोरोना भाइरसको महामारीको अवस्थामा पनि विगत वर्षहरूमा झैं बजेट माग गरेपछि प्रदेश सरकारको बजेट क्षमताभन्दा महत्वकांक्षी बनेको भन्दै आलोचना भइरहेको छ । मन्त्रालयहरूले विगत वर्षझैं बजेट माग गर्दा प्रदेश सरकारले ५ अर्बभन्दा बढीको घाटा बजेट तयार गरेको छ ।

सम्बन्धित समाचार

बालुवाटारमा ओली–प्रचण्ड छलफल सकियो

 काठमाडौं, १६ वैशाख-प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।दुई...

विराटनगरमा ब्यूटि पार्लर तालिम सुरू

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटिपार्लर तालिम सुरू भएको छ । सिक्वीन ब्यूटि पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्यूटि पार्लर तालिम सुरू भएको हो । ब्यूटिपार्लर तालिमको...

थप ८२१ जनामा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुने १७ सय नाघे

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४२३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१७ महिला र ५०४ पुरुषमा कोरोना भाइरस...

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौँ, १८ पुस-राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक...

७७ जिल्लामै फैलियो कोरोना

काठमाडौं, १३ असार-नेपालका ७७ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ । अहिलेसम्म बाँकी रहेको जिल्ला रसुवामा आज ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य...

चितवनमा थप ५ जनामा कोरोना पुष्टि

चितवन, ८ असार-चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक परीक्षण गरिएको परीक्षणमा माडी...

प्याब्सन प्रेसिडेन्ट कप : मोरङका ८ स्कुल क्वाटरफाइनलमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको प्याब्सन प्रेसिडेन्ट कप यू– १५ फुटबल प्रतियोगितामा ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेलमैदानमा बिहीबार भएको खेलमा विराटनगरको...

जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोनाबाट मृत्यु

काठमाडाैं, १६ साउन-नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । बिहीबार २ जनाको कोोनाको कारण मृत्यु भएकोमा शुक्रबार फेरी अर्को १ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।  शुक्रबार मृत्यु हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्