मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रीत गरेको सांसदहरुको आरोप

 न्यूज विराट
मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रीत गरेको सांसदहरुको आरोप

विराटनगर, असार ११–प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको सांसदहरूले आरोप लगाएका छन् । प्रदेशसभाको शुन्य समयमा बोल्ने सांसदहरूले प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका हुन् ।

प्रदेश सरकारले सांसदका कुरा नसुनेको भन्दै सांसद कला घलेले प्रदेशसभाको शुन्य समयमा बोल्दै कान थुनेर आफ्नो क्षेत्रका समस्या राखेकी छन् । घलेले बारम्बार एउटै समस्या सरकारलाई राख्दा पनि कुनै सुनुवाई नभएपछि कान थुनेर संसदमा समस्या सुनाउनु परेको गुनासो गरिन् । घलेले सरकार कामकाजी हो वा नामकाजी भन्दै प्रश्नसमेत गरिन् ।

घलेले प्रदेशको बजेट विनियोजन न्यायोचित नभएको गुनासो पनि गरिन् । उनले मन्त्रीका निर्वाचन क्षेत्रमा हुलका हुल योजनामा बजेट विनियोजन गरिएको र सांसदका क्षेत्रमा फाटफुट योजनामा मात्रै बजेट विनियोजन गरिएको गुनासो गरिन् ।

सांसद हिमाल कार्कीले प्रदेश सरकारले बजेट विनियोजन गर्दा न्यायोचित रुपमा विनियोजन नगरेको आरोप लगाए । कार्कीले डाडुपन्यु आफ्नो हातमा भए पछि मनोमानि गर्ने प्रचलन प्रदेशमा देखिएको बताए ।

शुन्य समयमा सांसद उत्तमकुमार बस्नेत, लोकप्रसाद संग्रौलालगायतले बोलेका थिए । आजको संसद बैठकमा भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले संसदले शुन्य समयमा उठाएका प्रश्नको जवाफ दिएका थिए ।

सम्बन्धित समाचार

दन्त सामग्री बितरक संघले काठमाडौंमा तेस्रो ‘नेपडेन्ट’ सम्मेलन गर्दै,५ हजार भन्दा बढीले अवलोकन गर्ने

विराटनगर । दन्त सामाग्रीहरुको उत्पादन बारे जानकारी दिने उद्देश्यले नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) ले यहि बैशाख ५, ६ र ७ गते काठमाण्डौमा अन्तर्राष्ट्रिय स्तरको तीन दिने ‘नेपडेन्ट–२०२५’ सम्मेलन आयोजना गर्ने भएको छ ।एनडिडिएले...

थप २२९ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको...

काेशी प्रदेश सरकारले सुरू गर्यो १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार

विराटनगर । काेशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झाैता गरेर बालबालिकाकाे...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए

विराटनगर, २० कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५ सय ६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट पाँच, जिल्ला अस्पताल संखुवासभामा चार, विराट मेडिकल कलेज, बैजनाथपुर...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्बिरोध निर्वाचित : एमाले सवैभन्दा बढी (सूचीसहित)

काठमाडौं, बैशाख २० । स्थानीय तह निर्वाचनमा निर्बिरोध निर्वाचित हुनेमा नेकपा एमाले सवैभन्दा पहिलो दल बनेको छ । निर्वाचनमा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित हुँदा एमाले पहिलो बनेको हो । निर्वाचन आयोगका अनुसार एमाले...

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना...

प्रदेश १ मा १३ संक्रमित थपिए, १० जना डिस्चार्ज

विराटनगर, ८ साउन–प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४ पुरुष,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्