देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० असार-पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन प्रवक्ता डा. जागेश्वर गौतमले भक्तपुरकी १ महिलासहित ६२९ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

बुधबार संक्रमण पुष्टि भएकाेमा ११० जना महिला छन् भने ५१९ जना पुरुष छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ८ महिला र १०६ पुरुषसहित ११४ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म १९७ महिला र २ हजार १४१ पुरुष गरी २ हजार ३३८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ८२८ नमुनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको छ भने १२ हजार ११२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । त्यस्तै, देशभरका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या ७८ हजार ६३९  छ भने ८ हजार ३६६ जना आइसोलेसनमा छन् ।

सम्बन्धित समाचार

कोरियामा श्रमिक लैजान रोक

काठमाडौं, माघ २९ । केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका देशबाट श्रमिक...

रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लिदै (फोटोफिचरसहित)

रतुवामाई । रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा उर्लिएको जनलहरले रतुवामाईमा एमाले धेरै बलियो देखिएको नेताहरूले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा...

पत्रकार निरौला र सरदार पुरस्कृत

विराटनगर । पत्रकार कल्याण कोष मोरङले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष तथा निरौला बिबिसी नेपाली सेवा र उद्घोष दैनिकका समचार सम्पादक विक्रम निरौला र महासंघ कार्यसमिति सदस्य उषा...

२१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न माग

काठमाडौं १६ जेठ-निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ...

आफूखुसी चार्टर उडान नगर्न क्यानको निर्देशन

काठमाडौं, २५ जेठ-नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुसी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुसी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।...

नेपालमा कोभिड-१९ निको हुने दर बढ्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ...

नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ पुग्यो

काठमाडौं, १ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

नावुनको वार्षिक उत्सवमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर, ४२ जनाको परीक्षण

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्