२ सातामा विदेशबाट ७ हजार नेपालीको उद्धार 

 न्यूज विराट
२ सातामा विदेशबाट ७ हजार नेपालीको उद्धार 

काठमाडौं, १० असार-कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ । सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन सुरु गरेको थियो । गत ३२ जेठदेखि दैनिक विभिन्न देशबाट ७ सय अलपत्र नेपाली स्वदेश आइरहेका छन् ।

हालसम्म कुवेतबाट १ हजार ६ सय ५२, यूएईबाट १ हजार ३ सय ८५, ओमानबाट ३ सय १३ जना, जापानबाट २ सय ४८, अष्ट्रेलियाबाट २ सय ८७,  बंगलादेशबाट ८ सय १५, म्यानमारबाट २६, हङकङबाट १७, श्रीलंकाबाट ५, थाइल्याण्डबाट २ सय ४८ जना, साउदीबाट ५ सय १२  र कतारबाट २ सय ९२ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, माल्दिभ्सबाट ३ सय २७, कोरियाबाट २ सय २८ जना, मलेसियाबाट ६ सय १५ जना, सिंगापुर र कम्बोडियाबाट संयुक्तरूपमा १ सय ४६ जनाको पनि उद्धार गरेर नेपाल ल्याइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मंगलबार मात्र ९ हजार अलपत्र नेपाली स्वदेश फर्किएका छन् । यसरी फर्किएका नागरिक सरकारले तय गरेको हवाइ खर्च तिरेर आइरहेका हुन् । तत्काल विदेशबाट करिब १७ हजार अलपत्र नेपालीको उद्धार गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोनाका कारण समस्यामा परेका करिब २४ हजार नागरिक फर्काउनुपर्ने तथ्यांक सार्वजनिक गरेको थियो । जसमा हालसम्ममा ७ हजार नागरिकको मात्र उद्धार भएको छ ।

बुधबार विदेशमा समस्यामा परेका नेपाली स्वदेश फर्काउनका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान तय भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार विभिन्न ५ देशबाट समस्यामा रहेका नेपाली लिएर जहाज काठमाडौं आउने छन् भने ५ ठाउँमा नेपालीलाई लिन जहाज जाने छन् ।

बुधबारका लागि १० वटा उडान तय भएको विमानस्थले जनाएको छ । यी उडानमार्फत् साउदीको दमामबाट १ सय ५४ जना, यूएईमा समस्यामा परेका १ सय ५४ जना, कुवेतबाट पनि झण्डै १ सय ६० जना र इस्तानबुलबाट २ सय ८० जनाको उद्धार गरिने विमानस्थलले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

पाँचथरमा बाढीपहिराेमा परी मृत्यु भएका २६ जनाको सनाखत

पाँचथरमा बाढीपहिराेका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन...

विद्यार्थीलाई सिर्जनात्मक बनाउँदै भ्याली पब्लिक

काठमाडौं, २२ वैशाख-कोरोना भाइरस (कोभिड १९) का कारण विद्यालय बन्द भयो । लकडाउनका कारण विद्यार्थी शिक्षक घरबाट बाहिर निस्कन पाएका छैनन् । लकडाउन भएको १ महिनाभन्दा बढी भयो । अब लकडाउन लम्बिए के गर्ने ?...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो:प्रचण्ड

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् । आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको...

कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता पाउँछ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक...

प्रदेश १ मा कसको सरकार ?

विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको...

मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिंदैन : आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले संघीय सरकारको गठबन्धनमा...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २४ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ । नेकपामा पछिल्लो समयमा विवाद बढेको छ । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्