सुदूरपश्चिममा सबैभन्दा बढी युवामा कोरोना संक्रमण

 न्यूज विराट
सुदूरपश्चिममा सबैभन्दा बढी युवामा कोरोना संक्रमण

कैलाली, ९ असार-सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको ९ वटै जिल्लामा गरी सोमबारसम्म १ हजार २ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी सङ्क्रमित २० देखि २९ वर्षका छन् । सो उमेर समूहका ५ सय बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी ३० देखि ३९ वर्ष उमेर समूहका २५७, १० देखि १९ वर्ष उमेर समूहका १३८, ४० देखि ४९ वर्ष उमेर समूहका ९६, ५० देखि ५९ उमेर समूहका ४०, ६० देखि ६९ वर्ष उमेर समूहका ११ र ७० देखि ७९ वर्ष उमेर समूहका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार १८ जना सङ्क्रमितको उमेर समूह खुलेको छैन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले धेरै जसो सङ्क्रमण विदेश र त्यसमा पनि भारतबाट आएकामा देखिएकाले युवाको सङ्ख्या बढी भएको बताए।

‘बालबालिका र वृद्धवृद्धाहरुलाई सङ्क्रमण जोखिम भनिएपनि हामीकहाँ लाखौं युवाहरू रोजगारीका लागि भारत गएर फर्किएका छन्,’ उनले थपे, ‘अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिइसकेको छैन ।’

भारतबाट सुदूरपश्चिम प्रदेशमा जेठमा वैध नाकाबाट मात्रै १ लाख नागरिक स्वदेश फर्किएको सरकारी तथ्याङ्क छ । सङ्क्रमण पुष्टि भएका बिरामीहरु आइसोलेसन, क्वान्टाइन र होम क्वारेन्टानमा छन् । भारतलगायत अन्यत्रबाट आएका २९ हजार ९ सो २८ जना यहाँका ८८ वटा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टानमा बसिरहेका छन् ।

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालका कोभिड-१९ का सम्पर्क व्यक्ति डा. सरोज आचार्यले अस्पतालमा सङ्क्रमित आउने र निको भएर जाने क्रम चलिरहेको बताए ।

सुदूरपश्चिमका कैलालीमा ३ र बाजुरामा १ गरी ४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । पीसीआर विधिबाट कोरोना परीक्षणका लागि १७ हजार ६११ जनाको स्वाब लिएकोमा ११ हजार ५ जनाको परीक्षण गरिएको छ ।

पीसीआर र आरडीटी गरी दुवै विधिबाट यहाँ कोरोना परीक्षण गरिँदा सबैभन्दा बढी सङ्क्रमित कैलालीमा देखिएको निर्देशनालयले जनाएको छ । सङ्क्रमितहरूको सङ्ख्या हेर्दा सुदूरपश्चिमको डडेल्धुरा दोस्रो स्थानमा छ । रासस

सम्बन्धित समाचार

सुदूरपश्चिममा १२ हजारभन्दा बढीको परीक्षण, ९ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

धनगढी,१३ वैशाख-सुदूरपश्चिम प्रदेशका ९ जनार्को र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट रिपोर्ट पोजेटिभ आएको छ ।प्रदेशभर १० हजार २ सय ४ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा २/२ जना तथा अछाममा १...

कोशीको सभामुखमा राप्रपाका अमर बहादुर विष्ट निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अमर बहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् । गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त...

सीएनआई कोसी एक्स्पोमा बिहीबार ‘द इलिमेन्ट्स’ को प्रस्तुति

विराटनगर । बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा प्रस्तुति दिंदैछ । ‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ का लागि एक्स्पो स्थल विराटनगर–२ शंकरपुर मार्गको मैदान...

पाकिस्तानमा लगातार ३ वटा बम बिस्फोट

एजेन्सी, असार ७-पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका ३ वटा बम बिस्फोटनबाट २ सैनिकसहित ४ जनाको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटको जिम्मेवारी लिएको छ । एउटा...

वर्ष २०२१–२२ को उत्कृष्ट क्लब बन्यो रोटरी क्लब अफ विराटनगर डाउन टाउन, थुप्रै अवार्डबाट सम्मानित

विराटनगर, १४ असार ।निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउन वर्ष २०२१–२२ को उत्कृष्ट क्लब भएको छ । कोरोना माहामारीमा पनि निरन्तर सामाजिक कार्य गरेको क्लब वर्षको उत्कृष्ट क्लबबाट सम्मानित...

गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा भेटियो किरा

विराटनगर,जेठ ३–मोरङको सुन्दरहरैचा नगरपालिका– १० विराटचौक स्थित गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा किरा भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको नेतृत्वमा आएको अनुगमन टोलीले डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको ६८ थान प्याकेजिङ्ग गरिएको...

कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...

विराटनगरस्थित बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

विराटनगर, २९ भदौ । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्