नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, आज थपिए ५३८ जना

 न्यूज विराट
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, आज थपिए ५३८ जना

काठमाडौं, ९ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको आंकडाले १० हजार पारे गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९० महिला र ४४८ पुरुष गरी देशभर ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । रसुवाबाहेक अरू सबै जिल्लामा कोरोना संक्रमण फैलिएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ०९९ पुगेको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा ८ महिला र ६८ पुरुष गरी ७६ जना कोरोनालाई जितेर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १८९ महिला र २ हजार ३५ पुरुष गरी २ हजार २२४ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९९५ नमुना सहित अहिलेसम्म १ लाख ८६ हजार ३६६ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

त्यस्तै,  पछिल्लो २४ घण्टामा ३ हजार ४८१ सहित हालसम्म २ लाख ७१ हजार ५२४ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । त्यस्तै, देशभर ८५ हजार ८१३ क्वारेन्टाइनमा र ७ हजार ८५१ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

सिँचाइका लागि बनाएको पोखरीमा डुबेर वृद्धको मृत्यु

इलाम, १० कात्तिक-इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका- ३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेका छन् । गए राति घरबाट निस्किएका खत्री आज बिहान पोखरीमा डुबेको...

मोरंगमा भरुवा बन्दुक सहित एक जना पक्राउ

विराटनगर, १ असोर । मोरङ मिक्लाजुङ गाउपालिका ५ का  ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा...

राष्ट्रपतिको विज्ञप्ति लगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक, संसद विघटन हुन सक्ने

काठमाडौं, ७ जेठ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दैछ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै राति मन्त्रिपरिषद बैठक बस्न...

अर्थतन्त्रमा निराशाको कालो बादल छायो : उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी

विराटनगर । आर्थिक क्षेत्रमा केही सकारात्मक संकेतहरू देखिएको भए पनि समग्रमा अर्थतन्त्रमा निराशाको कालो बादल छाएको विराटनगरमा आयोजित एक कार्यक्रममा यहाँका उद्योगी व्यवसयाीहरुले बताएका छन् । विराटनगरमा शुक्रबार भएको मोरङ उद्योग व्यापार संघको ६८ औँ...

बलात्कार आरोपित २ जना पक्राउ

सप्तरी,  २ असोज-सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल...

मतान्तर बढाउदैं अमनलाल मोदी

विराटनगर । माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले ५ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले ४...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

मिल्स भेट्रान्स गोल्डकप, गछिया र इटहरी भेट्रान्स क्बल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्बल इटहरी विजयी भएको छ ।विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिला खेलमा घरेलु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्