दैलेख हुलाक कार्यालयका पूर्वप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 न्यूज विराट
दैलेख हुलाक कार्यालयका पूर्वप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत, ७ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्यालय कर्मचारी नियुक्ति गर्दा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुखसहित ८ जनाबिरुद्ध मुद्दा दायर गरेको हो ।

अतिरिक्त हुलाक कार्यालयहरूमा कर्मचारी नियुक्ति गर्दा तथा कार्यालय भवन निर्माणका लागि टेण्डर गर्दा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

तत्कालीन हुलाक कार्यालय प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर के.सी. र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहको मिलेमतोमा एक करोड ८२ लाख ६ हजार ९ सय रुपैयाँ अनियमिता गरेको पाइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

‘उनीहरुले मिलेमतोमा आर्थिक वर्ष २०६९/७० मा २९९ र २०७०/७१ मा ४१२ जनाको दरबन्दी कायम गरी भ्रष्टाचार गरेको ठहर छ,’ उनले भने, ‘त्यस्तै, वास्तविक दरबन्दीभन्दा १४७ र २६० जना बढी देखाई झुट्ठा व्यहोराको गलत लिखत तयार गरेर अनियमितता गरेका हुन् ।’

आर्थिक वर्ष २०६८÷६९ मा १५२ जना कर्मचारी दरबन्दी रहेकोमा मल्लले हुलाक सेवा विभागमा पेश गरेको जिल्ला हुलाक कार्यालय, दैलेखको अतिरिक्त हुलाक अभिलेखमा २९९ जना उल्लेख गर्दै भ्रष्टाचार गरेको अख्तियार कार्यालयले जनाएको छ ।

साविक जिल्ला हुलाक कार्यालय दैलेखमा नायब सुब्बा पदमा कार्यरत रणबहादुर बोहराले जिल्ला हुलाक कार्यालय, दैलेखमा निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत रही २०७० सालको फागुन महिनादेखि २०७१ सालको बैशाख महिनासम्मको तलव भुक्तानी गरेको र दरवन्दी १५२ मात्र भएको भनी हुलाक सेवा विभागबाट लेखिएको पत्रसमेतलाई वेवास्ता गरी उल्लिखित तीन महिना अवधिको १४७ जना स्वीकृत दरवन्दीभन्दा बढी व्यक्तिहरुलाई तलब भत्ता भुक्तानी दिई ३० लाख ३ हजार २ सय १० बढी खर्च गरेको अख्तियारले ठहर गरेको छ ।

सम्बन्धित समाचार

गैरसांसद सात मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल...

‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’

काठमाडौं, २८ असार-भारतीय न्यूज च्यानलहरूमाथि लागेको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने...

एसियाली आईटीएफ तेक्वान्दोमा नेपालले २ स्वर्ण र १ रजत पदक जित्यो

विराटनगर । भारतको बैङ्लोरमा सम्पन्न १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, साउन ३-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयासस्वरूप स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिको प्रयासका लागि सचिवालय बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय सचिवालयकाे...

काठमाडौंमा २ जना नर्सको आरडीटी गर्दा कोरोना पोजेटिभ

काठमाडौंमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा गरिएको डाइग्नोस्टिक परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडीटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरूलाई पीसीआर...

गोली हानी एक पुरुषको हत्या

चितवनमा मृत भेटिएका पुरुषको गोली हानी हत्या गरिएको खुलेको छ । भरतपुर महानगरपालिका–१७ सिमलडाडा नहरमा बिहीबार बिहान एक पुरुष मृत भेटिएको थिए । मृतकको सनाखत हुन भने बाँकी रहेको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।...

जो जहाँ छौँ, त्यहिँ बसौँ : मन्त्री ढकाल

विदेशबाट आएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न र सरकारले तोके भन्दा फरक काम गर्न आग्रह गरेको छ । बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भूल बस त्यस्ता काममा संलग्न रहेका व्यक्तिलाई जतिसक्दो छिटो सम्पर्कमा आउन...

प्रदेशसभाले सर्वोच्चको आदेश उल्लंघन गर्‍यो:कृषिमन्त्री शाही

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभा सचिवालयले शुक्रबार एमालेको संसदीय दलको पत्रका आधारमा निलम्बन गरेपछि शाहीले उक्त प्रतिक्रिया...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्