कोशी कोभिडलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने

 न्यूज विराट
कोशी कोभिडलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने

विराटनगर, असार १–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले सो अस्पताललाई विपद् र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न आवश्यक औषधि तथा उपकरणको लागि स्रोत व्यवस्था गरेको बताएका छन् ।

सो प्रयोजनका लागि ५० करोड विनियोजन गरिएको छ । प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्न सिटी स्क्यान, हेमोडायलसिस सेवा र थप भेन्टिलेटर सहितको सुविधायुक्त सघन उपचार कक्ष सञ्चालनको प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ । मेची अस्पतालका लागि २३ करोड विनियोजन गरिएको छ ।

धनकुटा प्रादेशिक शिक्षण अस्पतालको स्थापनार्थ विस्तृत संभाब्यता अध्ययन र पूर्वाधार विकासका लागि आवश्यक रकम विनियोजन गरिएको मन्त्री आङ्वोले बताए । ५० शैया सञ्चालित जिल्ला अस्पतालहरूमा प्रयोगशाला सुदृढीकरण, भेन्टिलेटर सहितको सघन उपचार कक्ष, अक्सिजन प्लान्ट सहितको गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्ध मिलाएको उनले बताए ।

२५ शैया सम्मका अस्पतालहरूलाई स्मार्ट अस्पतालमा रुपान्तरण गर्न सूचना प्रविधिमा आधारित उपचारको प्रबन्ध, अक्सिजन प्लान्ट जडान, फोहरमैला निर्मलीकरणका लागि अटोक्लेप मेसिनको लागि स्रोतको प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ । अस्पातालहरूको सुदृढीकरण र सेवा विस्तारका लागि १ अर्व १० करोड विनियोजन गरिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न, भवन निर्माण,अत्याधुनिक पिसिआर मेसिन र उपकरणहरूको प्रबन्ध गर्न रू ६ करोड ४६ लाख विनियोजन गरिएको छ । दातृ निकायको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण कार्य आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने प्रबन्ध मिलाएको मन्त्री आङ्बोले जनाए ।

आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा सेवा सञ्चालनका लागि प्रदेश नेचुरोप्याथी अस्पताल सञ्चालनका लागि आवश्यक रकम प्रबन्ध गरिएको बताईएको छ । सर्पदंशबाट हुने मृत्युलाई कम गर्न सर्पदंश उपचार केन्द्रका लागि भेन्टिलेटरको व्यवस्था बजेटमा गरिएको छ । अनुबंशिक अपांगता (हेमोफिलिया) भएका व्यक्तिहरूका लागि एन्टि हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी जीवन रक्षा गर्न १ करोड बिनियोजन गरिएको छ ।

गर्भवती, प्रसुती, र नवजात शिशु समेतलाई उत्कृष्ट सेवा प्रदान गर्न स्थानीय तहसँगको समन्वयमा ग्रामीण स्वास्थ आमा कार्यक्रम सञ्चालन गरिनेछ।यसका लागि ५ करोड विनियोजन गरिएको छ । आमा सुरक्षा कार्यक्रम अन्तरगत आपतकालीन व्यवस्थापनका लागि हवाई उद्दार गर्न आवश्यक बजेटको प्रवन्ध गरिएको मन्त्री आङ्बोले जानकारी दिए ।

उदयपुरको कटारी, झापाको दमक र सुनसरीको इटहरी अस्पतालको क्षमता अभिवृद्धि र सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गर्न १ करोड पचास लाख विनियोजन गरिएको छ ।

मोरङको मंगलबारेस्थित मंगलवारे अस्पताललाई प्रदेशकै गौरवको आयोजनाको रुपमा अत्याधुनिक प्रविधि र उपकरण सहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास एवम् स्तरन्नोति गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको मन्त्री आङ्वोले बताए ।

सम्बन्धित समाचार

कटहरीले ल्यायो ७४ बुद्धे नीति तथा कार्यक्रम

विराटनगर । कटहरी गाउँपालिकाले पूर्वाधार, कृषी र स्वास्थ्यलाई प्राथामिकता राखेर आगमी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७४ बुद्धे नीति तथा कार्यक्रम बिहीबार सार्वजानिक गरेका हुन् ।...

विराटनगरमा ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, १३ असोज । मोरङ बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट स्थितबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै...

प्रदेश १ मा बाढीको वितण्डाः दुई हजार सात सय विस्थापित

विराटनगर, १५ असार । अविरल वर्षाका कारण आएको बाढीले प्रदेश १ मा सयौँ परिवार विस्थापित भएका छन् । हालसम्म बाढीका कारण दुई हजार सात सय ३४ जना विस्थापित भएका छन् । अविरल वर्षाका कारण आएको...

२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ-सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज...

आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

काठमाडौं, ४ जेठ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पासकाे व्यवस्था गर्ने भएकाे छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा...

प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर, २ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा...

मोटरसाइकल जोगाउँदा मोरङको बाँसबारीमा बस पल्टियो, १८ जना घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – बाँसबारी चोकमा बस पल्टिँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् । सिराहाबाट यात्रु...

तिहारको तेस्रो दिन आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदै

काठमाडौं, १८ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्