चट्याङ लागेर बालिकाको मृत्यु

 न्यूज विराट
चट्याङ लागेर बालिकाको मृत्यु

भोजपुर, १ असार-भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका-३ मा चट्याङ लागेर १ बालिकाको ज्यान गएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले बताए ।

सम्बन्धित समाचार

परिचयपत्र छपाइको काम समयमै सक्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २७ कात्तिक-गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य राखेको...

बजारमूल्य भन्दा कममा अनलाईनबाट खाद्य सामाग्री उपलव्ध

विराटनगर,१४ साउन–कोभिड–१९को सङ्क्रमणबाट उपभोक्तालाई जोगाउन घरआँगनमै अनलाईनबाट खाद्यान्न सामाग्री उपलव्ध गराउन आजदेखि यहाँ सेवा शुरु गरिएको छ। बजार मूल्यभन्दा कममा पाँच सय विभिन्न प्रकारका खाद्यान्न सामाग्री उपलव्ध गराउने उद्देश्यका साथ ‘ग्रेटडिल्स ९९’ तपाई हाम्रो दोकानले...

देशभर १६७४ संक्रमित थपिए, २३२३ जना डिस्चार्ज

काठमाडौं, ६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा  ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा...

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गरेको छ । आइतबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाएर आम नागरिकलाई राहत दिन सरकारसँग...

सत्कार कलेजमा भव्य विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित सत्कार होटेल एण्ड टुरिजम स्कुलले आफ्ना १२ कक्षाका विद्यार्थीहरूलाई भव्य विदाई समारोहको आयोजना गरेको छ। एकै कार्यक्रममा कलेजले ११ कक्षाका विद्यार्थीहरूलाई औपचारिक स्वागत समेत गरेको छ।शुक्रबार आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल सकल देव...

प्रदेश १ मा आज ११ संक्रमित थपिए

विराटनगर, १८ असार–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा...

मोरङको केराबारीमा हत्या आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । राईको हत्या आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बू पक्राउ परेका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्