काठमाडौं, ३१ जेठ-नेपालको संविधाको दोस्रो संशोधन विधेयकका सम्बन्धमा संघीय समाजवादीकी सांसद सरिता गिरीले दिएको संशोधन सूचना अस्वीकृत भएको छ ।
सरकारका तर्फबाट हालिएको संशोधन प्रस्तावको विषयमा शनिबार दफावार छलफल चल्ने क्रममा सभामुख अग्नि सापकोटाले सत्तारूढ दलका अध्यक्ष तथा सांसद पुष्पकमल दाहाल प्रचण्डलाई समय दिएपछि उनले आफू बोल्न पाउने माग गरेकी थिइन् ।
सभामुख सापकोटाले गिरिले दिएको संशोधनको सूचना प्रतिनिधीसमभा नियमावली २०७५ को नियम ११२ अनुसार संशोधनसम्बन्धी सूचना अस्वीकृत गरिएको जनाकारी गराएका हुन् । उनले संविधान संशोधनमा प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव हालेकी थिइन् ।