आगामी ३ दिन चट्याङसहित वर्षाको सम्भावना

 न्यूज विराट
आगामी ३ दिन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २९ जेठ-आगामी ३ दिनसम्म देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

महाशाखाद्वारा जारी बुटेलनिअनुसार हाल प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा  सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक बदली  रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा  हल्का बर्षा भइरहेको छ ।

आगामी ३ दिनको मौसम पूर्वानुमान

जेठ २९ गते (बिहीबार)

दिउँसोः  देशभर सामान्य बदली  रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली  रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको  सम्भावना रहेको छ

जेठ ३० गते (शुक्रबार)

दिउँसोः  देशभर आंशिकदेखि सामान्य बदली  रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ ३१ गते (शनिबार)

दिउँसोः  देशभर आंशिकदेखि सामान्य बदली  रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको   सम्भावना रहेको छ ।

रातीः  देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ९६ जना सहित प्रदेश १ मा मंगलबार १३९ नयाँ संक्रमित थपिए

विराटनगर, २ भदौ-प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना...

सुनवर्षी नगरपालिकालिकाको मेयरमा कांग्रेसबाट देबेन्द्र बहादुर बस्नेत बलिया दाबेदार

सुनवर्षी। देशमा चुनावको घोषणा भए संगै जिल्ला र नगरमा उम्मेदवार को हुने भन्ने बिषयमा चर्चा चल्न थालेको छ। मोरङ जिल्लामा यसको ब्यापक चहलपहल बढेको छ। नेताहरु जिल्ला ,प्रदेश र केन्द्रको नेताहरुसंग प्रायजसो सम्पर्कमा नै रहन्छन्।...

जिफन्टद्धारा विराटनगर युवा कमिटि गठन : अध्यक्षमा रमेश, उपाध्यक्षमा सृजना

विराटनगर । नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशी प्रदेश युवा कमिटिद्धारा युवा भेला आयोजना गरेको छ । विराटनगरस्थित पानचालीमा रहेको पार्टी कार्यालयमा शनिबार प्रथम विराटनगर महानगर कमिटिको युवा भेला आयोजना गरिएको हो । उक्त भेलाले...

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारीसाधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटिरिक्सा तथा पैदलयात्रीलाई...

मेची अस्पतालमा कोभिड-१९ को उपचार सुरु

झापा, २० साउन-मेची अस्पताल भद्रपुरमा कोभिड-१९ को नमुना परीक्षणसँगै सङ्क्रमितको उपचार सुरु गरिएको छ । प्रदेश १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पीसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले २ वटा भेन्टिलेटरसमेत उपलब्ध...

महोत्तरीमा अज्ञात रोगको प्रकोपः थप १ जनाको मृत्यु

जनकपुर, २१ वैशाख-महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी थिएनन् ।...

इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग र सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्य सम्झौता

विराटनगर। इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगर र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक विकास तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ। यो सम्झौताले दुवै देशका विद्यार्थीहरूलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धान अवसरहरू प्रदान...

कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्