पूर्वमन्त्री पण्डितको पहलमा मोरङ–६ मा करोडौँको योजना बजेटमा समावेस

 न्यूज विराट
पूर्वमन्त्री पण्डितको पहलमा मोरङ–६ मा करोडौँको योजना बजेटमा समावेस

विराटनगर, जेठ २८–निर्वाचनका समयमा आफु निर्वाचित भएपछी कहिल्यै निरास नबनाउने जनतामाझ प्रतिवद्धता जनाएका पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का सांसद लालबाबु पण्डितको पहलमा करोडौँको योजना बजेटमा समावेस भएको छ । सांसद पण्डितको निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले ल्याएको बजेटमा करोडौँको योजना समाबेस भएको हो । सो निर्वाचन क्षेत्र अन्तर्गत, पर्यटन, वन, सडक, शहरी विकास, नदी नियन्त्रण र खानेपानी लगायतका योजनामा करोडौँ बजेट समावेस गरिएको हो ।

पण्डितको निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत पर्यटन तर्फ बुढीगंगा गाउँपालिका–१ स्थित पुष्पलाल चोकमा ब्रम्हकुमारी राजयोग मन्दीरका लागि ५ लाख, सोही वडाको ओम शान्ती सामुदायीक भवनका लागि ५ लाख, शुन्दरहरैँचा नगरपालिका–३ मा राणाकालिन मन्दिर पर्यटन पूर्वाधारमा २ लाख ६५ हजार, सोही वडाको शेषनारायण विद्याधाम पूर्वाधारका लागि ६ लाख ३५ हजार रुपैयाँ बजेट बिनियोजन भएको हो ।

त्यसैगरी शुन्दरहरैँचा–५ स्थित बृन्दावन ऋषि पार्कका लागि ५ लाख, हसिना सिमसार पूर्वाधारमा ५ लाख, विराटनगर–४ स्थित राजवंशी समाज संग्राहलयका लागि ५ लाख ३ु० हजार र सोही वडाको लक्ष्मिनारायण पर्यटन पूर्वाधारमा ५ लाख रुपैयाँ बजेट बिनियोजन भएको नेकपा १ नं. प्रदेश कमिटी सदस्य जानकारी दिए ।

त्यसैगरी वन तर्फ मोरङ सुनसरी जोड्ने बुढीनदी प्रणालीका लागि २ करोड ३ लाख बजेट बिनियोजन भएको छ । सडक पूर्वाधार तर्फ हसिना सिमसार जाने बुढीखोला पुलका लागि ४७ लाख ५० हजार, सिंघियापुल–तेतरीया–दुहवी–मोतीपुर सडकमा ४७ लाख ५० हजार, सिंघिया अधुरो पुलमा ४७ लाख ५० हजार, गाकुवा घाट ४७ लाख ५० हजार, सिंघिया–गोकुवाघाट सडकमा ४७ लाख ५० हजार, सिंघियापुल–गोकुवाघाटमा थप २० लाख, गछिया चोकदेखि मृगौलिया बजारहुँदै हरैँचा जोड्ने सडकका लागि ४० लाख, शुन्दरहरैँचा–४ हुलाकी मार्ग जोड्ने सडकमा ४० लाख र शुन्दरहरैँचा–६ स्थित जागृती मार्गहुँदै जलेवी चोक सडकमा ४० लाख रुपैया बजेट बिनियोजन भएको नेकपा प्रदेश कमिटी सदस्य चौधरीले बताए ।

नेता चौधरीका अनुसार शहरी विकास अन्तर्गत विराटनगरको एबि प्लटमा भ्युटावरसहितको पार्किङ योजनाका लागि ५० लाख, विराटनगर–६ केशलिया रोडसम्मको सडकका लागि ५० लाख, विराटनगर–११ जनपथ तथा स्वागत मार्गमा ५० लाख र विराटनगर कोचाखालदेखि शान्तिचोकहुँदै केशलिया सिटी सडक सुधारमा ४० रुपैयाँ बजेट बिनियोजन भएको छ ।

नदी नियन्त्रणमा बुढीगंगा र विराटनगर स्थित केशलिया नदी नियन्त्रणका लागि २ लाख । खानेपानि अन्तर्गत टंकिसिनुवारी, शुन्दरपुर, विराटनगर–४ जामुनगाछी, गछिया, सलकपुर, त्रियुगा, हात्तिमुढा र शिसवनी बड्हरा खानेपानी योजनामा २ कारोड रुपैयाँ बजेट बिनियोजन भएको नेता चौधरीले बताए ।

सम्बन्धित समाचार

हिरासतमा रहेका कैदीमा कोरोना संक्रमण पुष्टि, प्रहरी कार्यालय सिल

डडेल्धुरा, ९ जेठ-बैतडीका एक जनाको कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका– २ का ती पुरुष गत ६ चैतमा भारतको नयाँ...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको पदस्थापन सम्पन्न

विराटनगर, २७ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन शनिबार सम्पन्न भएको छ । भर्चुअल अनलाईन विधिबाट गरिएको क्लबको १७ औँ साधारणसभा तथा नयाँ नेतृत्पको पदस्थापन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर...

स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार...

एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न

विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सोमबार सम्पन्न भएको छ । ९ माघमा सुरू भएको स्पोर्ट्स मीट विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि...

टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु

विराटनगर, ६ मंसिर । झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे...

कटहरीमा भएको विपद प्रतिकार्य तालिम सकियो

विराटनगर । मोरङको कटहरीमा दुई दिने संयुक्त सामुदायिक विपद प्रतिकार्य तालिम सकिएको छ । कटहरी गाउँपालिको आयोजना र श्री भैरव गण थलाहा ब्यारेकको समन्वयमा सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा कटहरी गाउँपालिका...

दसैँका लागि हिमालपारिकाे जिल्लाबाट निकालिए १२ हजार भेडा-च्याङ्ग्रा

दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा...

आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

सङ्खुवासभा, ६ भदौ-संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्