कञ्चनपुरमा ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
कञ्चनपुरमा ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

कञ्चनपुर, २८ जेठ-कञ्चनपुरमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी २ र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत १ गरी ३ प्रहरीमा कारोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण देखिएका २ जनाको महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।

उनका अनुसार संक्रमित तीनै जना प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रहरीमा कारोना संक्रमण देखिएको हो । प्रहरीमा कारोनाको पुष्टि भएपछि बैजनाथ माविमा रहेको क्वारेन्टाइन सिल गरिएको छ । क्वारेन्टाइनमा बस्दै आएका संक्रमित प्रहरीको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन भइरहेको छ । रासस

सम्बन्धित समाचार

कोशी प्रदेशमा एमालेले टुंग्यायो तीन मन्त्री र एक राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...

डाक्टर मोहन खड्काको सेवा लाईफ गार्ड अस्पतालमा

विराटनगर । विराटनगरस्थित लाईफ गार्ड अस्पतालले पाचन प्रणालीसंग सम्बन्धित रोगका विज्ञ एवं अनुभवी चिकित्सक डा.मोहन खड्कालाई भित्र्याएको छ ।अस्पतालले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि डा.खड्कालाई स्वागत गरेको हो ।कार्यक्रमकाबिच अस्पतालका अध्यक्ष डा.शिवराजा अधिकारी र...

विश्वध्वजासहित ३ वटै लिङ्गो उठेन

भक्तपुर, ३० चैत-बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा...

ब्याजदर छुट दिन जलविद्युत् व्यवसायीको माग

काठमाडौं, ११ असार-ऊर्जा व्यवसायीले जलविद्युत् आयोजनाका लागि प्रवाह भएको बैंक कर्जाको ब्याजदरमा छुट दिन माग गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा व्यवसायीले धारणा राखेका हुन् । उनीहरूले विदेशी मुद्रामा विद्युत्...

५७१ जनामा संक्रमण पुष्टि, नौ जनाको मृत्यु

सोमबार थप ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६ सय ९७ नमूना परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै सो अवधिका नौ जना...

कोरोना त्रास: प्रदेश १ का ३ स्थानमा क्वारेन्टाइन स्थापना

विराटनगर, चैत ६–कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरिएको छ । प्रदेश नम्बर १ मा झापाको कमलगढी, मोरङको टाँडी र उदयपुरको बेलसोतमा नेपाली सेनाले कोरोना संक्रमणको...

प्रदेश १ मा ८८८ संक्रमित थपिए, २५७ जना संक्रमण मुक्त

विराटनगर, ८ जेठ । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र...

थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३२ साउन- पाटन अस्पतालमा उपचार गराइरहेका थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका अनुसार काठमाडौं घर भएका उनी २० साउनदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्