जुम्लामा एकै दिन १८ जनाले जिते कोरोना

 न्यूज विराट
जुम्लामा एकै दिन १८ जनाले जिते कोरोना

जुम्ला, २८ जेठ-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् ।  कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरूलाई आइसोलेसनमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले बताए ।

प्रतिष्ठानका चिकित्सक धिरज गुरुङले कोरोना जितेर घर फर्कँदै गरेका नागरिकलाई ३ साता होम क्वारेन्टिनमा बस्न सुझाए । उनले भने, ‘घरमा सामाजिक दूरी कायम गर्नु, चुरोट र रक्सीबाहेक अरु खानेकुरा बार्न पर्दैन । आफू सचेत हुन आवश्यक छ ।’

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कोरोना भाइरसलाई जितेर घर फर्कँदै गरेका नागरिकलाई धन्यवाद व्यक्त गरे । उनले भने, ‘तपाइहरूका साहसले अरुको साहस बढ्छ । अहिले जुम्लाबाट खुसीको सन्देशले अरु नागरिकलाई पनि कोरोना भाइरससँग लड्न सक्ने क्षमता पैदा भएको छ ।’

प्रमुख जिल्ला अधिकारी थापाले चिकित्सकको सुझावलाई मनन गर्दै ३ हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरे । आफ्नो स्वास्थ्यको ख्याल गर्दै अन्य नागरिकलाई पनि सचेत बनाउन उनले अनरोध गरे ।  रासस

सम्बन्धित समाचार

भारतीय सीमामा काँडेतार लगाउन सांसदहरूको माग

काठमाडौं, ३१ वैशाख-राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले नेपाल–भारत सीमाक्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमाक्षेत्रमा रहेका नागरिकहरूलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरूले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् । सांसद...

पाकिस्तानसँगको टेस्ट सिरिज न्युजिल्याण्डद्वारा ‘क्लिनस्विप’

एजेन्सी, २२ पुस-अग्लो कदका तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्युजिल्याण्ड टेस्ट क्रिकेटको विश्व...

बढ्यो कोरोना, थप १ सय १३ जनामा संक्रमण

कोरोनाको संक्रमणदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २४ को परीक्षणमा १ सय १३ जनामा संक्रमण देखिएको हो...

समाजवादी र राजपाबीच एकीकरण

काठमाडौं, १० बैशाख-समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि बुधबार अबेर राति पार्टी एकीकरणको टुंगो लागेको हो । सरकारले पार्टी केन्द्रीय...

राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा गृहमन्त्री...

किसानलाई क्षतिपूर्ति र पीसीआर मेसिनका लागि नेकपाको पहल

रौतहट, ७ वैशाख-मकै, मुसुुरो र गँहुुबाली भित्र्याउने बेलामा आएको प्राकृतिक प्रकोपले किसानको ढाड नै भाँचिएको छ ।जिल्लाका विभिन्न स्थानमा व्यावसायिक केराखेती, तरकारी खेती, मेवाखेतीमा हालैको हावाहुुरी असिनाले ठूलो क्षति पुगेको छ । अर्कातिर कोरोना भाइरस...

विद्युत् प्राधिकरणमा चोरको आतंक, ट्रान्सफर्मरदेखि अर्थिङ तारसम्म चोरी

विराटनगर । मोरङको सुन्दरहरैंचामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ । गत बुधबार राति चोरको समूहले सुन्दरहरैंचा जोगियारेस्थित ट्रान्सफर्मर नै चोरेर लगेपछि यो घटना सार्वजनिक चासोमा आएको हो ।प्रहरीका अनुसार चोरले...

ग्रेडेड स्कुलका विद्यार्थीले उडाए ड्रोन (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो । कक्षा दशमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्