उत्तर कोरियामा पनि कोरोना भाइरस

 न्यूज विराट
उत्तर कोरियामा पनि कोरोना भाइरस

एजेन्सी, जेठ २७-उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको एउटा पनि घटना नभएको बताइरहेका बेला बैठकमा भने सामाजिक दुरीको निमय पालना गरिरहेको देखिएको छ ।

यसबाट उत्तर कोरियामा पनि कोरोना भाइरसको संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । देशको आर्थिक परियोजनाका विषयमा छलफल भएको पार्टी पोलिट्ब्युरोको बैठकमा नेताहरुले सामाजिक दुरी कायम गरेको देखिएको छ ।

पोलिटब्युरोको बैठकका जारी भएका तस्बिरअनुसार किम जोङ उन बस्ने स्थान नजिकै राखिएका कुर्सी हटाइएको छ । यसअघि किम गम्भीर रुपमा बिरामी भएको र कतिपयले मृत्युसमेत भएको हल्ला फैलाएपनि उनी केही समयपछि बाहिर आएका थिए । तर सामाजिक दुरी कायम गरिएको आधारमा उत्तर कोरियामा भनिएकोजस्तो कोरोना त्रास भने नरहेको भन्न नसकिने दाबी गरिएको छ ।

पोलिटब्युरोको सो बैठकमा किम जोङ उनले घरेलु आर्थिक संकटमाथि चर्चा गरेपछि देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र जनताको जीवनस्तर सुधार्ने विषयमा छलफल भएको थियो ।

उनले देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि रासायनिक उद्योगलाई तत्काल पुनर्जीवित बनाउनुपर्नेमा जोड दिएका छन् । १३ औं राजनीतिक व्युरोको सो बैठकमा किमले प्राथमिकताको आधारमा मल उत्पादन बढाउनु देशको अर्थव्यवस्थाका लागि आवश्यक भएको बताए । किमको स्वास्थ्यबारे अनेक अट्कलबाजी भइरहेका बेला उनी १ मेमा एक मल उद्योगको उद्घाटन गर्दैै सार्वजनिक भएका थिए ।

सम्बन्धित समाचार

चीनले भन्याे, ‘कालापानी नेपाल र भारतबीचको मुद्दा हो’

काठमाडौं, ७ जेठ-चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन् । प्रवक्ता लिजानले भारत र...

विराट नर्सिङ होममा सिण्डीकेट, भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलित

विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेशीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो एवान फार्मेशीका कर्मचारी प्रितम तामाङ्गलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल...

बाइडेनको आदेशमा पहिलो हवाई हमला

एजेन्सी, १४ फागुन । अमेरिकी राष्ट्रपति जोन वाइडेनको आदेशमा सिरियामा इरान समर्थिक लडाकुको अखडामा हवाई हमला भएको छ ।बीबीसीका अनुसार हमलामा २२ जनाको मृत्यु भएको आशंका छ । पेन्टागनले हमलाको पुष्टि गरिसकेको छ । राष्ट्रपति...

कोरोना भाइरसले नयाँ विश्व व्यवस्था जन्माउन सक्छः प्रचण्ड

काठमाडौं, १ जेठ-नेपाल कम्यनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले कोरोना भाइरसमाथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आईसीटी...

एस्पायर कलेजमा विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–१४ मलायरोडमा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमको रुपमा सञ्चालित एस्पायर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखकरण गराएको छ । शैक्षिक सत्र २०२३ मा बि.पि.एच. तथा बि.टेक.एड.आईटीमा भर्ना भएका ६१ जना नयाँ विद्यार्थीहरुलाई इटहरीस्थित...

आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ...

रेलमार्ग परियोजनाको काम अघि बढाउन पहल

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल सुरु गरेका छन् । मुआब्जाविवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले मन्त्रालयमा...

‘अमेरिका–चीन सम्बन्धलाई नयाँ शीत युद्धमा परिणत गर्न खोजिदैँछ’

एजेन्सी, जेठ ११-चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई नयाँ शीतयुद्धतिर लगिरहेको बताएका छन । उनले भने, ‘अमेरिकाका केही राजनीतिक शक्तिले चीन अमेरिका सम्बन्धलाई आफ्नो पकडमा लिएका छन् र दुवै देशलाई नयाँ शीतयुद्धतिर लैजान खोजिरहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्