प्रदेश २ लागि थप ४ पीसीआर मेसिन खरिद गर्ने निर्णय

 न्यूज विराट
प्रदेश २ लागि थप ४ पीसीआर मेसिन खरिद गर्ने निर्णय

जनकपुरधाम, २६ जेठ-प्रदेश २ सरकारले थप ४ वटा कोरोना परीक्षण गर्न पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिको आजको बैठकले थप ४ पीसीआर मेसिन खरिद गर्ने निर्णय गरको हो ।

मेसिन सञ्चालनमा रहेको जनकपुरधाम, वीरगञ्ज र राजविराजको ल्याबमा १/१ र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरी ४ वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको बताइएको छ ।

त्यस्तै, समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रतादिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ । परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री समेत खरिद गर्न पनि समितिले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ७४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७ महिला र १ सय ६७ जना पुरुष रहेका छन् । यो सँगै प्रदेश २ मा संक्रमितको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

सम्बन्धित समाचार

सिटिभिटीले लिएको लेभल टूको परीक्षा विवादमा, केन्द्र सारेर पुनः परीक्षा लिन माग

विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) ले सौन्दर्यकर्मीहरुको लागि सुरू भएको लेभल टूको प्रयोगत्मक परीक्षा विवादमा परेको छ । ३ फागुनदेखि विराटनगरमा सुरु भएको प्रयोगत्मक परीक्षा विवादमा परेको हो । परीक्षा निष्पक्ष हुन...

विराट मेडिकलका डा. सनम एमबीबीएस टपर : भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’

विराटनगर । बागलुङका डा. सनम ढकालले काठमाडौं विश्वविद्यालय (केयु)को वि.संं. २०८० को एमबीबीएस टप गरे । मोरङको बुढीगंगा गाउँपालिका–२ टिंकीसिनवारीस्थित विराट मेडिकल कलेज अध्ययन गरेका उनले ८४ दशमलव २६ प्रतिशत ल्याएर केयुको एमबीबीएस टप गरेका...

विराटनगर अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार

विराटनगर, २४ कात्तिक । विराटनगर हरिहर चोकमा बुधबार विहान एक जनामाथि खुकुरी प्रहार भएको छ । विराटनगर–८ अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार भएको हो । आज विहान साढे ८ बजेतिर काममा जाँदै गर्दा ८...

पछिल्लो २४ घण्टामा देशभर ३९० संक्रमित थपिए

काठमाडौं, २ माघ-पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल...

धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज र उममेयरमा माओवादीका अइन्द्रविक्रम विजयी

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर...

आगामी आर्थिक वर्षको सुरुबाटै क्लिनफिड लागू गर्न माग

काठमाडौं, २८ असार-नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको सुरुबाट नै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले क्लिनफिड साउनबाट नै लागू गर्न ध्यानाकर्षण गराएको...

कलवार महासंघको साधारणसभा विराटनगरमा सुरु

विराटनगर, १० असोज । कलवार समुदायको जातिय संस्था नेपाल कलवार कल्याण महासंघको सातौ केन्द्रीय वार्षिक साधारण सभा विराटनगरमा सुरु भएको छ । विराटनगरको रामजानकी सेवा सदनमा जारी वार्षिक साधारण सभामा देश भरिका कलवार जातिहरुको सहभागीता...

साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको आयोजनामा विराटनगरमा एक भव्य साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थितरहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्