नेपाललाई भारतकाे पीसीआर टेस्ट किट, ३० हजार व्यक्तिको परीक्षण गर्न सकिने

 न्यूज विराट
नेपाललाई भारतकाे पीसीआर टेस्ट किट, ३० हजार व्यक्तिको परीक्षण गर्न सकिने

काठमाडाैं, २६ जेठ-भारतले ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट किट नेपाललाई सहयाेगस्वरूप उपलब्ध गराएकाे छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माइ ल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किट हस्तान्तरण गरेका हुन् ।

ती टेस्ट किटहरूको सहयोगले नेपालमा ३० हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । १० वैशाखमा राजदूत क्वात्राले सरकारलाई २३ टन औषधि हस्तान्तरण गरेका थिए ।

राजदूत क्वात्राले भारत सरकार काेराेना महामारीले निम्त्याएकाे चुनौतीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली नागरिकसँग ऐक्यभाव जनाएकाे बताए ।

सम्बन्धित समाचार

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी, को कति मतले विजयी ?

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पछि पार्दै खतिवडा अध्यक्षमा विजयी भएका हुन् । खतिवडाले ५१२ प्राप्त गरेका छन् भने ढकालले ४३० मत...

२४ घन्टाभित्र देशभर ४६४ जनामा काेराेना पुष्टि, ४२५ जना निकाे भए

काठमाडौं, २३ साउन-२४ घन्टाभित्र देभभर ४ सय ६४ जनामा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे...

राईजिङ्ग इर्ङ्लिस स्कुलले मनायो ३४ औं वार्षिकोत्सव

विराटनगर । विराटनगर – १५ रानीस्थित राईजिङ्ग इर्ङ्लिस स्कुलको ३४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । स्कुल परिसरमा सोमबार विविद्य कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।कोशी प्रदेश सभा सदस्य अमृत अर्यालयको...

प्रदेश १ मा शनिबार सम्म ८ सय ९७ जनाको कोरोना परिक्षण, १२ जनामा पोजेटिभ

विराटनगर, बैशाख ६–प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक...

जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक

काठमाडौं, ४ मंसिर-गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो...

बाल गृहका बालवालिकालाई औषधी र खाद्यान्य वितरण

विराटनगर, बैशाख २७–उर्लाबारी नगरपालिका– ७ स्थित महिला विकास तथा बालबालिका चेतना केन्द्र द्वारा सञ्चालित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्य वितरण गरिएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाको...

नवलपरासीमा गोली चल्यो, सशस्त्र प्रहरीका ६ जना घाइते

काठमाडौं, २५ जेठ-नवलपरासीमा गोली चलेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्ने सवारी चेकजाँच गर्ने क्रममा चेक पोष्टमा रहेका सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका-५...

काठमाडौं थप ४ पसललाई जरिमाना

काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्