सोमबार थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

 न्यूज विराट
सोमबार थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाठौं, २६ जेठ-सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार थप ३ सय १४ जनामा संक्रमित भटिएको जनकारी दिएका हुन् । उनका अनुसार २ सय ९४ पुरुष रहेका छन् भने २० जना महिला रहेका छन् ।

योसँगै नेपालमा ३ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजार ५ सय ६ जना पुरुष रहेक छन् भने २ हजार ५६ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार सोमबार २१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २० पुरुष रहेका छन् १ महिला रहेका छन् । देशभर सोमबारसम्म ४ सय ८८ जना डिस्चार्ज भएको उनले जानकारी दिए ।

पीसीआर विधिबाट १ लाख ९ सय ७१ नमुनाको परीक्षण गरिएको छ । १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

२४ घण्टाको आवधिमा ४ हजार ७ सय ६६ नुमना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ११ हजार ९ सय ४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, ७ वर्षीय बालकको मतिष्कमा गाडिएको हड्डी निकाल्न सफल

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी...

विराटनगरमा कोरोना संक्रमणबाट विद्युत इन्जिनियरको मृत्यु

विराटनगर, १ जेठ । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक जना विद्युत इन्जीनियरको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको प्रणाली सुदृढीकरण आयोजना विराटनगरमा कार्यरत ४५ वर्षीय इन्जीनियर मोतिलाल मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो...

वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार

नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न...

अब सामाजिक सुरक्षा कोषमा विदेशिएका नेपाली पनि समेटिने

काठमाडौं, २ जेठ-वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको पनि अब योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विदेश गएर कमाइ गर्ने व्यक्तिहरूलाई...

पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं, ३ जेठ-नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ । पछिल्लोपटक भारतीय आयल कर्पोरेशन (आइओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ...

बैंकको चर्को ब्याजविरूद्ध विराटनगरमा बुधबार मौन जुलुस

विराटनगर । मोरङ व्यापरा संघको नेतृत्वमा विराटनगरमा बुधबार दिउँसो बैंकको चर्को ब्याजविरूद्ध मौन जुलुस हुने भएको छ । बुधबार दिउँसो साढे १० बजे मोरङ व्यापार संघको प्राङ्गणमा वृहत मौन जुलुस हुने भएको हो । उच्च...

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर।, २० पुस-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका उद्योगी टिका ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोेमबार सम्पन्न तेस्रो साधरणसभाबाट अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका हुन् । संघको जिल्ला...

खुमलटारमा प्रचण्ड-खनाल ३ घण्टा भेटवार्ता

काठमाडौं, १५ वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ झलनाथ खनाल पनि प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेको उच्च स्रोतले बताए । अहिलेको अवस्था धेरै लम्ब्याउन नहुने र छिटो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्