बारामा ५ जनामा कोरोना पोजिटिभ

 न्यूज विराट
बारामा ५ जनामा कोरोना पोजिटिभ

बारा, २६ जेठ-बारामा सोमबार थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । नयाँ संक्रमितमा सुवर्ण गाउँपालिका-२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरी रहेका छन् ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार संक्रमित पाँचै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो । तिमध्ये ५ जनामा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रहरीलाई १६ थान डिजिटल सेट फोन वितरण

विराटनगर । विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।बुधवार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो । विराट व्यापार...

प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठकः स्वयंसेवी अभियान कार्यविधि स्वीकृत

विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको...

३० भदौभित्र स्थानीय तहका रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन

काठमाडौं, २६ भदौ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले  समितिलाई पत्र लेख्दै यही ३० भदौभित्र आफू मातहतका...

अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन- विमलेन्द्र निधी

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार नढल्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उनले काँग्रेस नेतृत्वको सरकारले नै...

हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ

धनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने...

मतदाताको घर–घर पुगेर आशिर्वाद लिँदै रंगेली–७ का स्वतन्त्र उम्मेदवार श्रेष्ठ, भन्छन्–वडालाई नमुना वडाको रुपमा विकास गर्छु

रंगेली, २६ वैशाख । सञ्जिव श्रेष्ठ रंगेली–७ का लागि निकै परिचित नाम हो । निरन्तर विभिन्न सामाजिक काममा सकृय रहँदै आएका श्रेष्ठको छवि समाजमा उच्च छ । निरन्तर समाजका लािग केही न केही गरिरहने श्रेष्ठप्रती...

ओलीनिकट ज्ञवाली दलसम्बन्धी अध्यादेशको विपक्षमा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशको प्रस्तावप्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विरोध गरेका थिए । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा...

पोलियोविरुद्धको खोप अभियान १३ जेठबाट, मोरङमा ५२ हजार बालवालिकालाई लगाउने

विराटनगर । मोरङमा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम जेठ १३ बाट सुरू हुने भएको छ । जेठ २२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खोप अभियानमा मोरङमा ५२ हजार ३५२ जना बालवालिकालाई खोप लगाउने तयारी गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्