यातायात व्यवस्था कार्यालयमा ५ करोडको भ्रष्टाचार, १७ जनाविरुद्ध मुद्दा

 न्यूज विराट
यातायात व्यवस्था कार्यालयमा ५ करोडको भ्रष्टाचार, १७ जनाविरुद्ध मुद्दा

काठमाडौं, २५ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजश्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कार्यालयमा सङ्कलित राजश्व हिनामिना भइरहेको भन्ने उजुरीमाथि छानबिन हुँदा तथ्यगत विवरण, प्रमाण समेतका आधारमा कार्यालय प्रमुखसहितले गैरकानुनी काम गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन कार्यालय प्रमुख नयराज नेपालविरुद्ध १ करोड ८ लाख २९ हजार ६९ रूपैयाँ बराबरको बिगो असुलउपर गर्न माग गर्दै मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन कार्यालय प्रमुखत्रय तीर्थराज लम्साल ३ करोड ३० लाख ७९ हजार ३७३, गोपाल थपलिया १ करोड ३० लाख ७२ हजार १५३ र भूपेन्द्र राईविरुद्ध ५६ लाख १२ हजार ५४७ बराबरको बिगो असुल गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै, लेखा अधिकृत टीकाराम अधिकारी १ करोड २५ लाख ४८ हजार, लेखापाल सुरेश अधिकारी ३ करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापालहरु रुद्रप्रसाद दाहाल ३ करोड ४८ लाख ९३ हजार २१६, अर्जुन भट्टराई २ करोड १७ लाख ३२ हहजार ४७३ र कृष्णप्रसाद कट्टेल ७३ लाख ६२ हजार ४५५ बराबरको बिगो दाबी गरिएको छ ।

यसैगरी कम्प्युटर अपरेटर सुजन राई २२ लाख ४४ हजार ३३६, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलविरुद्ध समान ५ करोड ९४ लाख ९८ हजार ९३१ रूपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

कम्प्युटर अपरेटर दीपेन्द्रकुमार मण्डल १ लाख ४६ हजार ५२६ रूपैयाँ, मैयाँकुमारी चापागाईं २२ लाख ४४ हजार ३३६ र रबिनकुमार विश्वासविरुद्ध ४५ हजार ४६१ रूपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।  रासस 

सम्बन्धित समाचार

सलहको नेपाल प्रवेशसँगै रोपाइँ सुरु गरेका किसान चिन्तित

बुटवल, १५ असार-फट्याङग्रा प्रजातिको सलह कीरा लाखौँको संख्यामा कपिलवस्तु जिल्ला प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा, पकडी, मर्यादपुर, कृष्णनगर, शिवराज नगरपालिकाका ३ र ११ तथा विजयनगर गाउपालिका लगायतका क्षेत्रका लाखौँ संख्यामा सलह कीरा देखिएका...

क्षतीपूर्ती माग्दै मुख्यमन्त्री अगाडी पत्रकार ठाकुरको प्रर्दशन

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिनुपर्ने माग राख्दै पत्रकारले प्रर्दशन गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो...

इटहरी उपमहानगरपालिका क्षेत्र सिल

विराटनगर, ६ जेठ-इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक...

नेकपाको विदेश प्रमुख र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भिडियो कन्फेरेन्स

काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ ।  कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...

कटहरीका व्यापारी सञ्जय करवामाथि निर्घात कुटपिट, प्रहरीले जाहेरी लिन नमानेको गुनासो

विराटनगर, ६ असार । मोरङको कटहरीका काठ व्यापारीमाथि निर्घात कुटपिट भएको छ । कटहरी–२ हल्दीवारीका जय हनुमान भेनियर उद्योग सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवामाथि निर्घात कुटपिट भएको हो । पुरानो रिसिबिलाइ लिएर कटहरी गाउँपालिका ३...

एमालेले बुझायो वडा कार्यालयमा २० बुद्धे ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिका १२ नं. वडा कार्यालयमा वेथीति बढेको आरोप लगाउँदै नेकपा एमाले १२ नं. वडा कार्यालयले ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न २० बुद्धे ध्यानाकर्षण पत्र वडा कार्यालयमा बुधबार बुझाएका हुन् । नेकपा...

काठमाडौंमा अलपत्र मोरङ–५ का ३० जनाको सांसद मण्डलद्धारा उद्धार, विहानै आइपुगे विराटनगर

विराटनगर, बैशाख ११–मोरङ क्षेत्र नं. ६ का संघिय सांसद शिवकुमार मण्डलको पहलमा लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकालाई उद्धार गरिएको छ । सांसद मण्डलको पहलमा उनको निर्वाचन क्षेत्रका ३० जनालाई काठमाडौंबाट उद्धार गरि विराटनगर ल्याइएको...

गगन थापा भन्छन् : सरकार ! अब त चेतौँ

नेपालका एक स्थानीयमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएपछि नेपाल कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले सरकारलाई सचेत हुन आग्रह गरेका छन् । उनले कोरोना भाइरसको नमुना परीक्षणको दायरा फराकिलो बनाउन, परीक्षणको गति र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्