प्रदेश १ मा आइतबार १० जनामा कोरोना पुष्टि, उदयपुरमा फेरी संक्रमण

 न्यूज विराट
प्रदेश १ मा आइतबार १० जनामा कोरोना पुष्टि, उदयपुरमा फेरी संक्रमण

विराटनगर, जेठ २५–प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । आइतबार विराटनगर महानगरपालिका–३ की २२ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुनसरीको इनरुवा नगरपालिका–८ का २३ र वडा नं. २ का २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी मोरङकै रतुवामाई नगरपालिका–२ का १८ र १४ बर्षका दुई किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरमा पुनः तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिन अघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका मध्ये बेलका नगरपालिका ३६ बर्षीय पुरुष र २७ बर्षीया महिला रहेका छन् भने चौदण्डीगढी नगरपालिकाका ३६ बर्षीय पुरुष रहेका छन् । संक्रमित तीनैजनालाई विराटनगरको कोशी अस्पताल कोभीड १९ उपचार केन्द्रमा ल्याइदैछ ।

यस्तै झापाको अर्जुनधारा नगरपालिका–२ का २३ र २७ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएकासँगै प्रदेश १ मा २ सयय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हाल सम्म प्रदेश १ को झापा जिल्लामा १ सय ३८, मोरङमा १९, सुनसरीमा ४१, धनकुटामा ८, तेह्रथुममा २, संखुवासभामा २, भोजपुरमा ६, खोटाङमा ४ , सोलुखुम्बुमा १र उदयपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । हाल सम्म प्रदेश १ बाट ९० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा माधव नेपाल समुह कमजोर

बिराटनगर, भदौ ८ । नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) को नेतृत्व गर्नुभएका माधवकुमार नेपालको समूह प्रदेश १ मा निकै कमजोर बनेको छ । संसदको अंकगणीतमा माधव समूहको उपस्थिति कमजोर रहने देखिएको हो । पार्टी...

छाङ्गरुमा बीओपी राख्न सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो

दार्चुला, बैशाख ३१-दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे...

एईईमा ४ जीपए ल्याउने शिरीन भट्टराईलाई बुढानीलकण्ठ स्कुलको सम्मान

विराटनगर । एसईईको परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी शिरीन भट्टराईलाई विराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. ले सम्मान गरेको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । एसईईको...

विराटनगरमा ४ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार, तीन वर्षमा २४८ जनाको शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसील भएका विरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा....

महानगर स्तरीय आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार महानगरभित्रका...

काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना

विराटनगर । काठमाण्डौं विश्व विद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना भएको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगर १४ स्थित एस्पायर कलेज परिसर भित्र स्थापना गरिएको हो । सम्र्पक कार्यालयको उद्घाटन...

सिराहाबाट अंशु सदालाई विराटनगरमा ल्याएर यसरी गरे हत्या

विराटनगर ।  सिराहा गोल बजार नगरपालिका – ३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । अंशुको अपहरण गरेपछि हत्या गरेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिका–६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्