बुटवलमा ९ जनाले जिते कोरोना

 न्यूज विराट
बुटवलमा ९ जनाले जिते कोरोना

बुटवल, २५ जेठ-बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो ।

कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने ९ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै विदाई गरेका थिए । आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठजना र एकजना रुपन्देहीका छन् ।

उनीहरु संक्रमण पोजिटिभ देखिएपछि गत ११ जेठमा बुटवल–१० स्थित बुटवल आइसोलेशन सेन्टरमा भर्ना हुन आएका थिए । त्यसरी भर्ना भएकामध्ये सात जना भारतबाट फर्किएर आएकाहरु हुन् ।

उनीहरुमध्ये दुई जनालाई सामान्य ज्वोरो देखिएपनि अरु कसैमा पनि कुनै लक्षण नदेखिएको आइसोलेशनमा खटिएका बुटवलका स्वास्थ्यकर्मीले बताएका छन् । दुई जना भने घरमै रहेका बेला संक्रमित भएको भन्दै बुटवलमा आएका थिए । कपिलवस्तुका १ जना वडाअध्यक्ष र ८ वर्षीया बालिकाले कोरोना परास्त गर्दै डिस्चार्ज भएका छन् । उनीहरु बाहेक अरु सबै जना भारतबाट आएका हुन् ।

सम्बन्धित समाचार

बाँकेका पहिलो कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजिटिभ

बाँके, ३० वैशाख-बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा....

भारतको क्वारेन्टाइनमा २१ सय नेपाली, नेपालमा ७ सय भारतीय

नेपाल आउनका लागि सीमा नाकामा भारततर्फ रहेका २१ सय नेपाली क्वारेन्टाइनमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै २१ सय नेपाली भारतीय क्वारेन्टाइनमा रहेको जानकारी गराएका हुन् । त्यस्तै, ७ सय भारतीय...

विराटनगरमा तीन अस्पतालका ११ जनामा कोरोना

विराटनगर, साउन २१-विराटनगरका तीन अस्पतालका चिकित्सकसहित ११ जना कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विराटनगरस्थित कोशी, विराट, न्युरो र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा बिहीबार न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ...

घरभित्रै गाडिएको अवस्थामा वृद्धको शव फेला

विराटनगर, ७  जेठ-मोरङको विराटनगर महानगरपालिका–१४ स्थित झडियारीमा १ जना वृद्धको घरभित्र गाडिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ५५ वर्षीय सत्यराम चौहानको शव आफ्नै घरभित्र करिब ३ फिट गहिरो खाडल खनेर गाडिएको अवस्थामा शव...

यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी वहन गर्छ : प्रधानमन्त्री ओली 

काठमाडौं, १ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ता सक्षम हुन आवश्यक रहेको बताएका छन् । आज विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरू भएको घोषणाका सन्दर्भमा बोल्दै उनले आगामी पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल सर्यो, अर्को शनिबार भव्य हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको भदौ १६ गते शनिबार हुने भनिएको फाइनल सरेको छ । उक्त प्रतियोगिताको फाइनल अर्को शनिबार हुने आयोजकले जनाएको छ । भदौ १६ गते हुने भनिएको फाइनल...

रञ्जु दर्शनासहित १ सय ३ जना गिरफ्तार

काठमाडौं, ३० वैशाख-भारत सरकारले नेपाली भूमि मिचेर चीनको मानसरोवरसम्म पुग्ने सडक बनाएपछि त्यसको विरोध भइरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार धार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । भारतले विवाद जमिनमा सडक बनाएर उद्घाटन...

तमोर नदीमा खसेर वृद्धको मृत्यु

विराटनगर । धनकुटा नगरपालिका ९ मूलघाटस्थित तमोर नदीको पुलबाट आइतबार बिहान एक वृद्धको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० वर्षीय हर्कबहादुर साम्पाङ रहेको प्रहरीले जनाएको छ । बिहान पौने ११ बजे पुलबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्