
७ लाख बराबरको अबैध समान बरामद
विराटनगर, माघ १६–मोरङको र झापाको सिमानाकाबाट साढे ७ लाख रुपैयाँ भन्दा बढी पर्ने अबैध समान बरामद भएको छ । बुधबार राति विराटनगर महानगरपालिका–१५ मा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिब ५ लाख रुपैयाँबराबरको...
दैलेख, २५ जेठ-दैलेख कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न यहाँका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा जारी गरेको छ । भारतबाट भित्रिएका नागरिकमा कोरोना पुष्टि भइरहेको छ तर सङ्क्रमितहरुको व्यवस्थापन र उपचारमा ध्यान नदिँदा कोराना समुदायस्तरसम्म फैलिनसक्ने खतरा बढ्दै गएको छ ।
नगरभित्रका १ सय १३ मा एकैपटक सङ्क्रमण भएपछि सुरक्षा चिन्ता बढेको हो । शुनिबार दुल्लु नगरपालिकामा २६ र महाबु गाउँपालिकामा ५ महिने बालिका तथा १८ महिने बालकसहित १ सय ७ सङ्क्रमित देखिएपछि अहिले दैलेखमा कुल संख्या ३ सय ५२ रहेको छ । १ जनाको क्वारेन्टाइनमै मृत्यु भइसकेको छ भने १ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो बिहीबार संक्रमण देखिएका १ सय १३ मध्ये ८७ जना गाउँमै छन् । उनीहरूको स्वास्थ्य अवस्था हेरेर आइसोलेसन अस्पतालमा ल्याउने छलफल चलिरहेको छ ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेकामा एकाएक सङ्क्रमणको जोखिम बढेको हो । जिल्ला सुरक्षा समितिले नारायण नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेकालाई १ साता कटेपछि पीसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरेर सुर्खेत पठाएको थियो । नतिजा आउन ढिलाइ भएपछि उक्त स्वाब जुम्ला गयो । जुम्लाबाट धेरैको शङ्कास्पद छ भनियो तर पुष्टि गरिएन ।
रिपोर्ट आउन ढीला भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेर तिनै क्वारेन्टाइनमा बसेकाको पुनः आरडीटी गरेर नेगेटिभ रिपोर्ट आएका जतिलाई घर पठायो । घर पुगेको ३ दिन के बितेको थियो, नगरभित्रका १ सय १३ मा सङ्क्रमण पोजिटिभ भनेर रिपोर्ट आयो । तर, ककसको नाम हो भनेर बिहीबार साँझसम्म आएन ।
जिल्ला सुरक्षा समितिले आपतकालीन बैठक राख्यो तर सङ्क्रमित अधिकांश घर पुगेका थिए । बुधबारदेखि उनीहरू घरमै छन् । अहिले दैलेखको नारायण नगरपालिकाका विभिन्न वडामा ८७ सङ्क्रमित घरमै बसेका छन् । समस्या केही नभएका कारण उनीहरुलाई घरमै सुरक्षित राख्नेतर्फ जिल्ला सुरक्षा समिति र स्वास्थ्य कार्यालय दैलेख लागेको छ ।
स्थानीय राजनीतिक दलले सङ्क्रमितमार्फत् अन्य वृद्ध र बालबालिकामा सङ्क्रमण फैलिने र दैलेखको अवस्था भयावह हुने भन्दै तत्काल जिल्लाका गाउँपालिका, नगरपालिका सबै सिल गर्नुपर्ने र परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले यस्तो महामारी रोगलाई पनि सामान्यरूपमा हेरिनुले जनताको स्वास्थ्यमा खेलबाड भएको भन्दै कडा आलोचना गरेका छन् । उनका अनुसार यस्तो बेलामा जिम्मेवार निकायले हेलचेक्र्याइँ गर्ने हो भने अवस्था जटिल बन्नसक्छ । केन्द्र वा प्रदेश सरकारले तत्काल दैलेखका बारेमा गम्भीर हुनुपर्ने समन्वय प्रमुख थापाले बताए । ‘भारतबाट ४२ हजार आउने अनुमान छ । अहिले १२ हजार आइसकेका छन् । यही तथ्याङ्कलाई आधार मान्ने हो भने दैलेखमा धेरैमा सङ्क्रमण देखिन सक्ने जोखिम बढेको छ । हामीले बारम्बार सरकारलाई यो कुरा जानकारी गराएका छौँ ।’ अवस्था भयावह भएको सुन्नुभन्दा सरकारले अहिलेनै विशेषरूपमा हेर्नुपर्ने उनको भनाइ छ ।
अहिले कुन वडामा कति जना सङ्क्रमित पुगेका हुन्, ककसलाई भेटे भन्नेबारेमा वडाध्यक्ष लगायतलाई सुरक्षा चुनौती थपिएको छ । पीसीआर परीक्षणमा भएको ढिलाइकै कारण विभिन्न वडा र घरसम्म कोरोना सङ्क्रमण पुगिसकेको छ ।
तत्काल रोकथामको उपाय अपनाउन नसके दैलेख कोरोनाको ‘इपीसेन्टर’ बन्न सक्ने सम्भावना बढ्दै गएको बताइन्छ । सदरमुकामको नारायण नगरपालिकामा मात्रै १ सय ९५ मा सङ्क्रमण देखिएपछि सङ्कटकाल घोषणा गर्न स्थानीय जनप्रतिनिधिले पहिला नै माग गरेका थिए । जिल्ला सुरक्षा समिति र जनप्रतिनिधिको विवादका कारण सदरमुकाममा कफ्र्यू घोषणा गरिएन, न त सङ्क्रमितको खोजी नै गरियो ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले सङ्क्रमितलाई कुनै पनि लक्षण नदेखिएको अवस्थामा घरमै सुरक्षित बस्न र फोनबाट स्वास्थ्यकर्मीले उनीहरूको अवस्था बुझ्ने काम भएको बताए । स्वास्थ्य मन्त्रालयले पनि त्यस्तै निर्देशिका जारी गरेर पठाएकाले यो विषयमा जिल्लामा छलफल भइरहेको उनको भनाइ थियो । जनताको स्वास्थ्यमा खेलबाड गर्ने अधिकार कोही कसैलाई नभएकाले तत्काल स्वास्थ्य र सुरक्षाका विषयमा लाग्न महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुुर शाहीले बताए ।
नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले प्रदेश सरकारको लापरवाहीका कारण दैलेख कोरोना ‘सेन्टर’ बन्न पुगेको बताए । ‘स्थानीय सरकारले क्षमताले भ्याएसम्म गरेकै हो, तर हाम्रा भौतिक पूर्वाधारको अवस्थानुसार कतिपय स्थानमा कोचाकोच गरेर राख्नुपर्ने भयो । अहिले सङ्कट उत्पन्न भएको छ’ उनले भने ।
उनले महामारीको यो समयमा सबैले एकढिक्का भएर सङ्क्रमण फैलिन नदिने विषयमा गम्भीर हुनुपर्ने र केन्द्र तथा प्रदेश सरकारले तत्काल सोच्नुपर्ने सुझाव दिए । रासस
विराटनगर, माघ १६–मोरङको र झापाको सिमानाकाबाट साढे ७ लाख रुपैयाँ भन्दा बढी पर्ने अबैध समान बरामद भएको छ । बुधबार राति विराटनगर महानगरपालिका–१५ मा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिब ५ लाख रुपैयाँबराबरको...
सरकारले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश लिएको छ । केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पार्टी फुटाउन सक्ने गरी अघि सारिएको अध्यायदेश सोमबार मन्त्रिपरिषद् बैठकले पारित गरेको एक मन्त्रीले बताएका...
पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...
काठमाडौं, १८ भदौ-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयकाे बैठक सुरु भएकाे जानकारी दिए...
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटलले विरामी ल्याउन एम्बुलेन्स चालकहरुलाई मोटो रकम कमिसन दिने गरेको पाइएको छ ।विरामी लगेवापत चालकलाई मटो रकम दिने भएकोले एम्बुलेन्स चालकले विरामीलाई श्री हस्पिटल पुर्याएने गरेको पाइएको हो...
विराटानगर, ९ जेठ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले खोपको दुरुपयोग गरेको आरोप लगाएको छ । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको...
विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.