बाजुरामा क्वारेन्टाइनमा १ जनाको मृत्यु - News Birat

बाजुरामा क्वारेन्टाइनमा १ जनाको मृत्यु

न्यूज विराट

बझाङ, २४ जेठ-बाजुराको खप्तड छेडेदह गाउँपालिका-७ को क्वारेन्टाइनमा १ जनाको मृत्यु भएको छ । १५ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । शुक्रबार साँझदेखि खाना नखाएका उनको राती मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका-७ का वडाध्यक्ष खगेन्द्र रावतले बताए ।

गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष रावतले जानकारी दिए । मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका र १५ जेठ मात्र गाउँमा आएको वडाध्यक्ष रावतले जानकारी दिए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles