
हिसान खेल सप्ताह शूरु
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने...
एजेन्सी, जेठ २२-अमेरिकाका पूर्वरक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउसनजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुटाे द्वन्द्व’ सिर्जना गर्ने किसिमको बताएका छन् ।
सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गरेका म्याटिसले भने, ‘मैले यो साताका घटनाक्रमलाई नियालिरहेको छु र यसबाट मलाई क्रुद्ध बनाएको छ ।’
राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहेका थिएनन् । तर, प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । म्याटिसको भनाइ सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्त्व दिइएको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको छैन ।’ म्याटिसले अगाडि भनेका छन्, ‘डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकतावद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ । उहाँ हामीलाई विभाजन गर्न चाहनुहुन्छ । हामीले ३ वर्षदेखि यही शैली पाएका छौँ । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौँ ।’
म्याटिसले ट्रम्पबाहेक अरु अमेरिकीहरू एकतावद्ध हुन पनि आह्वान गरेका छन् । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुनबमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिएका छन् ।
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने...
विराटनगर । विरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामाग्रीलाई औषधी भन्दै फार्मेशीहरूले विक्री वितरण गर्ने गरेको पाइएको छ । खाद्य पुरक सामाग्रीलाई औषधी भन्दै विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले न्युट्रास्युटीकल बरामद...
काठमाडौं, १५ मंसिर-नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार...
विराटनगर । लिम्बू समुदायको साँस्कृति कथा वस्तुमा आधारित रहेको चलचित्र ‘सुगुप’ विराटनगरमा प्रिमियर शो गरिने भएको छ । आगामी फागुन २८ गते विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा प्रिमियर गर्ने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो...
विराटनगर, २२ पुस । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । अभियानभरीमा महानगरपालिका भित्र ५५ हजारलाई खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा...
काठमाडौं, ३ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२...
विराटनगर । पहिचानको मुद्दामा आदीवासी जनजातिहरू एकजुट भएर लागि परिएमात्र अधिकार स्थापित हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद विराटनगरले ३९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधबार आयोजना गरिएको...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.