सुदूरपश्चिमा ७८ जना कोरोना संक्रमित

 न्यूज विराट
सुदूरपश्चिमा ७८ जना कोरोना संक्रमित

डढेल्धुरा, २१ जेठ-सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढी उप–महानगरपालिका– ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय दुई पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै, डोटीका पूर्वीचौकी ४ का २३ वर्षीय र पूर्वीचौकी ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

सुदूरपश्चिमका ७८ जना संक्रमितमध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने १ जना बझाङ र १ जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ । १ जना संक्रमितको मृत्यु भइसकेको छ भने ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भइसकेका छन् ।

सबैभन्दा बढी कैलालीका ३६ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका ७, बाजुराका ३, डडेल्धुरा, बझाङ र दार्चुलाका १/१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६१, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित समाचार

बुधबारको भूकम्प २०७२ सालको भूकम्पकै परकम्प

काठमाडौं,  ३१ भदौ-सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बुधबार बिहान ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...

२ असईसहित ३ प्रहरी निलम्बित

काठमाडौं, १२ असार-प्रदेश २ प्रहरी कार्यालयले आचरणविपरीत काम गरेको भन्दै २ जना असईसहित ३ जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा रौतहट जिल्लाको इलाका प्रहरी कार्यालय पिपरा रजवाडा दरबन्दी भई प्रहरीचौकी औरैयामा कार्यरत...

रूपन्देही सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान

बुटवल, २२ असार-रूपन्देहीको तिलोत्तमा कान्छीबजारमा गत २६ जेठमा भएको सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । २६ जेठमा तिलोत्तमा १० कान्छीबजार मैनहवास्थित कृष्णबहादुर पुनले संचालन गर्दै आएको गंगादेवी कृषि फर्ममा ५ जनाको...

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यस घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको...

कुवेतमा तीन जना नेपालीमा कोरोना संक्रमण

कुवेतमा थप तीनजना नेपालीलाई कोरोना (कोभिड–१९) को संक्रमण देखिएको छ ।कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थपिएका ८० नयाँ संक्रमित मध्ये तीनजना नेपाली हुन् । हालसम्म कुवेतमा १ हजार ९ सय ९५ जना कोरोना...

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ३१ वैशाख । कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका...

महिलाको उपचारमा न्यूरोमा सहुलियत : ओपीडि निःशुल्क, परीक्षणमा २५ प्रतिशतसम्म छुट

विराटनगर । बहुआयामिक सेवा प्रदान गर्दै आएको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाको उपचारमा सहुलियत दिएको छ । अस्पतालले फाल्गुण १८ देखि चैत्र १८ ९मार्च १ देखि ३१० सम्म...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्