
मृगौला पीडितको याचना
विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...
विराटनगर, जेठ २०–कोभिड–१९ को उपचार, रोकथाम एवं नियन्त्रणमा तिब्बत सरकारबाट सहयोगमा स्वास्थ्य सामग्री आज यहाँ प्राप्त भएको छ । सो सामग्री चीन नेपाल कार्यकारी परिषद् प्रदेश नं.१ का संयोजक मुकेश उपाध्यायले मुख्यमन्त्री शेरधन राईलाई एक समारोहको बीच हस्तान्तरण गरे ।
तिब्बत सरकारले रु सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका पठाएको स्वास्थ्य सामग्री हस्तान्तरणबाट यस प्रदेशमा कोरोनाको उपचारमा व्यवस्थित हुने विश्वास लिइएको छ । मुख्यमन्त्री शेरधन राईले कोरोनाबाट प्रभावित यस प्रदेशमा शुरु देखि नै प्रदेश सरकारले रोकथाम, नियन्त्रण एवं उपचारका लागि उच्च सतर्कता अपनाएको बताए ।
मुख्यमन्त्री राईले सरकारले कोरोनाको प्रभावलाई कम थालेको प्रयासले नै कोरोनाको उपचार एवं रोकथाममा सरकारले सफलता प्राप्त गरेको छ भन्दै तिब्बत सरकारबाट प्राप्त सहयोगले हाम्रो मनोबल उच्च भएको बताए ।
उनले यस प्रदेशमा पिसीआर ५० हजार मानिसको परीक्षण गर्ने तयारी प्रदेश सरकारले गरिरहेको जानकारी दिँदै कोरोनाको परीक्षणमा सरकारले तीव्रता दिने बताए । मुख्यमन्त्री राईले तिब्बत सरकारबाट प्राप्त भएको सहयोग सामग्रीको उयुक्त र प्रभावकारी ढङ्गले प्रयोग गर्ने भन्दै कोरोनाको उपचारका लागि सरकारले हरतरहको प्रयास जारी राखेको जानकारी दिए ।
सो अवसरमा परिषद्का संयोजक मुकेश उपाध्यायले तिब्बत सरकारले नेपालमा कृषि, पर्यटन र व्यापार व्यावसायलाई फस्टाउन सहयोग गर्ने भन्दै तिब्बत सरकारबाट प्राप्त सहयोग सामग्रीको सही सदुपयोग भएमा आमनागरिक लाभान्वित हुने कुरामा जोड दिए ।
विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...
विराटनगर । मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै यहाँका कैदी बन्दी आन्दोलित भएका छन् । जेलर कोइरालाले कैदी बन्दीहरुलाई अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू सोमबारदेखि आन्दोलित भएका हुन् । बिरामी भएर उपचारमा...
काठमाडौंबाट मजदुर र विद्यार्थी लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बर्दिबास–३ पाटु भन्ने ठाउँमा बा३ख ४०३६ नम्बरको बस पल्टिएको इलाका प्रहरी कार्यालय...
काठमाडौं, २१ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकमा लकडाउनबारे समीक्षा र संसद अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताइएको छ । केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका थिए...
विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ घर भएका ४७ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको फरुवा प्रयोग गरेर हत्या भएको खुलेको छ ।ऋषिदेवको सोमबार बिहान टाउको छुटिएको अवस्थामा शव गढी गाउँपालिका २ थलाहामा भेटिएको थियो...
विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २–१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा...
विराटनगर । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै महानगरका मेयर नागेश कोइरालाले तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको...
सुर्खेत, ७ असार-कर्णालीमा आइतबार ११ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना संक्रमित फेलापरेका हुन् । कर्णाली प्रदेश सामाजिक...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.