रुकुम घटनाको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसकाे माग

 न्यूज विराट
रुकुम घटनाको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसकाे माग

काठमाडाैं, १९ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदीय समितिबाट छानबिन गर्न माग गरेको हो ।

प्रतिनिधिसभामा सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गरे ।

उनले भने, ‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस् । यही माग हामी राख्छौं । यो भन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारीयोस् ।’

प्रतिनिधिसभा बैठक सुरू हुने बित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सांसद विश्वकर्माले आफ्नो धारणा राखेका थिए । घटना गम्भीर भए पनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानबिन समितिले न्याय दिन नसक्ने उनले बताए ।

‘यति ठूलो घटना घटिसकेपछि अहिले गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानबिन समिति गठन गर्नुभएको छ । त्यो छानबिन समितिले न्याय दिन सक्दैन । र, हामीलाई उक्त समिति मान्य पनि छैन् । यस हत्याकाण्डलाई फितलो बनाउनका लागि जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि पाएका छौँ’, उनले भने ।

पश्चिम रुकुमको चौरजहारीमा आफ्नी प्रेमिकाले बाेलाएपछि उनकाे घर पुगेका जाजरकोटका नवराव विकसहित उनका ५ जना साथीको पनि मृत्यु भएको थियो । गाउँलेहरूको आक्रमणबाट उनीहरूको मृत्यु भएको बताइएकाे छ ।

सम्बन्धित समाचार

एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको नमूना परीक्षण गर्दा १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । प्रवक्ता...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका...

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव

चितवन, ४ मङ्सिर-तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण...

मिल्स क्रिकेट प्रतियोगिता : घरेलु टिम मिल्स र नरपथगन्ज क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ । पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै...

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेर अत्यावश्यक सेवा दिने निकायमा कार्यरतबाहेक घरमै बस्न भनेका राष्ट्रसेवक कर्मचारीलाई पनि काममा खटाउने भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड–१९...

नेपालमा थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं, ६ साउन । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

विराटनगरका रोहितको गोलीहानी हत्या, सम्झना चोक शोकमा डुब्यो

विराटनगर । विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोलीहानी हत्या भएको छ । धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो । विराटनगर महानगरपालिका–...

पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्