अमेरिकामा अफ्रिकी मूलका प्रदर्शनकारीमाथि ट्रक चलाइयो

 न्यूज विराट
अमेरिकामा अफ्रिकी मूलका प्रदर्शनकारीमाथि ट्रक चलाइयो

एजेन्सी, जेठ १९-अमेरिकाको मिनेशोटा राज्यमा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लाइडको मृत्युलाई लिएर भइरहेको प्रदर्शनमा एक चालकले ट्रक चलाएका छन् । मिनेशोटाको मिनियापोलिसमा गत साता अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लाइडको प्रहरीले घाँटी थिचेका कारण मृत्यु भएपछि प्रदर्शन जारी छ ।

चालकले १८ चक्के ट्रक प्रदर्शनकारीको भिडमा चलाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । मिनियापोलिसको अन्तरराज्य राजमार्ग ३५ वेष्टमा यो घटना भएको हो ।

ड्राइभरले ट्रक चलाए पनि प्रदर्शनकारी भागेर जोगिन सफल भएका छन् । प्रदर्शनकारीको भीडमा ट्रक चलाउने ती चालकलाई प्रदर्शनकारीले तत्काल रोकेर ट्रकबाट बाहिर निकालेर कुटपिट गरेका थिए ।

त्यसलगत्तै प्रहरीले प्रदर्शनकारीलाई पछि धकेलेको थियो । मिनियापोलिसमा गत सोमबार अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको हत्याको विरोधमा भइरहेको प्रदर्शनले हिंसात्मक रुप लिँदै गएको छ ।

विभिन्न राज्यमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएका छन् भने केही स्थानमा लुटपाट तथा आगजनीका घटना समेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि विभिन्न राज्यमा निषेधाज्ञा जारी गरिएपनि कतिपय स्थानमा निषेधाज्ञा तोडेर समेत प्रदर्शन भएको छ ।

फ्लोइडको हत्या आरोपमा मिनियापोलस प्रहरीका एक पूर्व अधिकारीलाई पक्राउ गरी अभियोग दर्ता भइसकेको छ । गत सोमबार उनले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा उनको घाँटीमा घुँडाले थिचेका थिए ।

फ्लोइडले ‘मलाई सास फेर्न गाह्रो भयो, मलाई नमार्नुहोस्’ भन्दा पनि ती प्रहरी अधिकारीले घाँटीबाट घुँडा हटाएका थिएनन् । प्रहरी नियन्त्रणमा नै उनको मृत्यु भएको हो ।

प्रहरीले उनको घाँटी थिचेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मिनेशोटाको मिनियापोलस प्रहरीले चार अधिकारीलाई बर्खास्त गरेको थियो ।

बर्खास्त गरिएका मध्ये फ्लोइडको घाँटी घुँडाले थिच्ने प्रहरी अधिकारी ४४ वर्षीय डेरेक चौभन पक्राउ परेका छन् । यसैबिच फ्लोइडको परिवारको तर्फबाट वकालत गरिरहेका एक वकिलले प्रहरी अधिकारीले पूर्वनियोजित रुपमा फ्लोइडको हत्या गरेको बताएका छन् ।

चौभनमाथि ‘थर्ड–डिग्री मडर’ को अभियोग दर्ता भएको छ । तर फ्लोइड परिवारका वकिल बेन्जामिन क्रुम्पले उनले पूर्वनियोजित रुपमा हत्या गरेको भन्दै ‘फस्ट–डिग्री मर्डर’ को अभियोग अनुसार कारवाही प्रक्रिया अघि बढ्नु पर्ने बताएका हुन् ।

यता जर्ज फ्लोइडको मृत्युको घटनालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी तथा सल्लाहकारहरुबीच तीव्र मतभेद देखापरेको छ ।

सम्बन्धित समाचार

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं, २ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

अभियान्ता चापागाईं पक्राउ परेपछि चौतर्फी विरोध, रिहाइ नभए आन्दोलनमा उत्रिने अन्सारीको चेतवनी

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने विराटनगरकी ५२ वर्षीया इन्दिरा चापागाई पक्राउ परेपछि मेयर नागेश कोइरालाको सामाजिक संजालमा चौतर्फी विरोध सुरु भएको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग...

केएमसी अस्पतालको आइसोलेसनमा १ जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं, १० जेठ-काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो। ३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय...

नेकपा स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे

काठमाडाैं, ३० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।स्थायी कमिटी सदस्य मणि थापाका अनुसार बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ । सरकारले नीति तथा कार्यक्रम ल्याउनुभन्दा २...

फ्रान्सका पूर्वप्रधानमन्त्री र उनकी पत्नी भ्रष्टाचार मुद्दामा दोषी ठहर

पेरिस, १५ असार-फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली...

ब्राउनसुगरसहित मोरङको रंगेलीबाट दुई जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका – ७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका...

महानगर स्तरीय आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार महानगरभित्रका...

कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्