सामान्य अवस्थामा पनि राजस्वको लक्ष्य पूरा हुन सक्दैन : विनोद चौधरी

 न्यूज विराट
सामान्य अवस्थामा पनि राजस्वको लक्ष्य पूरा हुन सक्दैन : विनोद चौधरी

काठमाडौं, १८ जेठ-कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरेको राजस्व सामान्य अवस्थामा पनि उठ्न नसक्ने दाबी गरेका छन् ।

आइतबार बजेटमाथिको छलफलमा चौधरीले चालू वर्षमा १० महिना पूर्ण रूपमा अर्थतन्त्र चलयमान हुँदा पनि ८ खर्बबराबरको राजस्व पनि उठ्न नसक्ने स्थितिका बीच आगामी वर्षको राजस्व लक्ष्य महत्त्वाकांक्षी भएको बताएका हुन् ।

आगामी दिन थप कठिन बन्ने अवस्थामा रोजगारी गुमेकाको जीविकोपार्जनलाई नै सरकारले पहिलो आवश्यकता र प्राथमिकतामा राख्नुपर्ने बताए । उनले आफूहरूलाई सरकार विरोधी भने पनि सत्रू नठान्नका लागि आग्रह गरेका छन् । सरकारका हरेक नीति तथा कार्यक्रममा कांग्रेस भएको भए के गर्थ्यो भनेर सुझाव दिएको उनले बताए ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि २ खर्ब ५० अर्बको अनुदान दिन सरकारसमक्ष प्रस्ताव राखे पनि अर्थमन्त्रीले बेवास्ता गरेको उनको संकेत छ । उनले बजार बन्द, यातायात बन्द, उद्योग कलकारखान बन्द भएको अवस्थामा ब्याजको मिटर र विद्युतको मिटर चलिरहेकाले निजीक्षेत्र समस्यामा परेको बताए ।

सम्बन्धित समाचार

विराटनगरका दिलिप सुवेदी ५१ दिनदेखि वेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको माग

विराटनगर । विराटनगर–४ राजबंशी चौक घर भई झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् । टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी...

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा प्रदेश १ सरकारले ५० लाख दिने घोषणा

विराटनगर, चैत २५-कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए प्रदेश १ सरकारले ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका...

रुकुमपूर्वका २ किशोर १४ दिनदेखि वेपत्ता

रुकुमपूर्व, २० जेठ-रुकुमपूर्वको भूमे गाउँपालिका-२, काँक्रीका सहोदर २ दाजुभाइ २ सातादेखि वेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् । पारिवारिक स्रोतका अनुसार यही ४ जेठमा दाजुभाइ...

सरकारी जागिरको प्रलोभन दिइ १५ लाख रुपैयाँ ठग्‍ने पक्राउ

जागिरको प्रलोभनमा पारेर १५ लाख ठग्ने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने निलम भट्टराई प्रहरीको फन्दामा परेका हुन् । महानगरीय अपराध महाशाखाले झापा सुरुङ्गा कनकाई नगरपालिका–३ घर...

तीन स्थानमा सवारी पट्के बाटो इजाजात राजश्व संकलन केन्द्र उद्घाटन

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको आज उद्घाटन गर्नु भयो । मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको...

कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् । मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बाढीपिडितलाई राहत वितरण

विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्