डडेल्धुरा, १८ जेठ-डडेल्धुरामा क्वारेन्टाइनमा बसेका १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका-३ का साढे ६ वर्षीय बालक रहेका छन् ।
प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार शनिबार राती १२ बजेतिर जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको हो ।
आमाबाबुसँगै उनी केही दिनअघि भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए । डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो ।