विदेशमा रहेका चन्द्रागिरीबासीको लगत संकलन 

 न्यूज विराट
विदेशमा रहेका चन्द्रागिरीबासीको लगत संकलन 

काठमाडौं, १७ जेठ-चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत संकलन कार्य सुरू गरेको छ । काठमाडौं उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर राख्दै लगत संकलन कार्य सुरू गरेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट आउने व्यक्तिबाट कोरोना स.क्रमण फैलन नदिन लगत सङ्कलन कार्य शुरु गरिएको जानकारी दिए । ‘विदेशबाट आउने व्यक्तिको तथ्यांक संकलन गरी क्वारेन्टिनको उचित व्यवस्थापन गर्नका लागि लगत संकलन सुरू गरेका हौँ’ उनले भने ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य प्रस्तुत गर्दै विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई सहजीकरण गर्ने बताएका थिए ।

सरकारले स्वेदश फर्कन चाहने व्यक्तिको नामथर, स्थायी ठेगाना, स्वदेश फर्कन चाहने नागरिकको बसोबास रहेको देशको ठेगाना, स्वदेश फर्कन चाहने नागरिकको नेपालमा रहेका आफन्तको नामथर र सम्पर्क नम्बर उपलब्ध गराउन सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ ।

चन्द्रागिरिले हाल नगर अस्पताल, मनमोहन अस्पताल र विभिन्न विद्यालयमा १ सय शय्याको क्वारेन्टाइन निर्माण गरेको छ । चन्द्रागिरिले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको संख्या बढेसँगै सशस्त्र प्रहरी बल अस्पताल बलम्बुको सहकार्यमा कोरोना संक्रमितको उपचार गर्दै आएको छ । चन्द्रागिरिमा ५ जना कोरोना संक्रमण भेटिए पनि सबै व्यक्ति निको भएर घर फर्किसकेका छन् । रासस 

सम्बन्धित समाचार

पाल्पा पहिरो अपडेट : ४ सवारी पुरिए, गम्भीर घाइतेलाई मिसन अस्पताल पठाइयो

बुटवल, ८ असार-बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ वटा सवारी साधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएका छन् । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानीक ट्यांकर, ट्रक र पिकअप जिप र कार...

कोरोना विरुद्धको रुसी औषधी अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

एजेन्सी, साउन २९-कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए । परीक्षणका...

विराटनगरमा तस्करीको मटर, गोदाम छापा हानेर १२ सय केजी बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै विराटनगरमा तस्करीको मटर भण्डारण गर्ने र पूर्वी सहरमा पढाउने गरेको पाइएको छ । क्यारिङ मार्फत तस्करीको मटर विराटनगरमा भण्डारण गरेर पूर्वी सहरमा पढाउने गरेको पाइएको हो । सशस्त्र प्रहरी...

हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं, ९ असोज । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका...

संवेदनशिल समयमा प्रदर्शन नगर्न समर्थकलाई कुलमानको आग्रह

काठमाडौं, ३ असोज-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको संवेदनशिल समयमा प्रदर्शन नगर्न समर्थकलाई आग्रह गरेका छन् । केही दिनदेखि प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरताको माग गर्दै सडक आन्दोलन भइरहेको सन्दर्भमा उनले विज्ञप्ति...

हाफ म्याराथुनको उपाधि सरोज र अंशुलाई

विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् ।नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथुन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत...

श्रीकृष्ण जन्माष्टमी मनाइँदै, यस्ताे छ धार्मिक महत्व

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज (साेमबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई...

जेठ २० सम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं, ४ जेठ-सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म निरन्तरता दिने भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो । पछिल्लो पटक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्