कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि

 न्यूज विराट
कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि

सुर्खेत, १७ जेठ-कर्णालीमा प्रदेशमान शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परिक्षणका क्रममा थप १४ जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

उनकाअनुसार कोरोना पुष्टि हुनेमा १७ देखि ५० बर्ष उमेर समूहका व्यक्ति हरेका छन् । उनीहरू सबै दैलेखका हुुुन् । पोजिटिभ देखिएका उनीहरू सबै केही दिनअघि भारतबाट आएका हुन् । सुर्खेतबाट पठाइएको १ हजार ४० जनाको स्वाब परीक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजिटिभ देखिएको थियो ।

थप १४ सँगै कर्णालीमा संक्रमितको संख्या ६० पुगेको छ । यसअघि ४६ जनामा संक्रमण पुष्टि भएकोे   थियो । नयाँ संक्रमित दैलेख नारायण नगरपालिका २, ३, ४, ६, ८, ९ र १० वडाका स्थानीय रहेका अस्पतालले जनाएको छ ।

दैलेख नारायण नगरपालिकामा यसअघि विभिन्न चरणमा गरि १६ जनामा संक्रमण देखिएको थियो । शुक्रबार १४ जना थपिएसँगै दैलेखमा संक्रमितको संख्या ३० पुगेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप चैत १४ गतेबाट सुरू, तीन विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागि हुने

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट...

मातृशोक परेका पत्रकार खतिवडालाई समवेदना

विराटनगर । मातृशोकमा परेका पत्रकार विजय खतिवडालाई आमाको तेह्रदिने किरियामा बसेको स्थान भद्रपुरमा नै पुगेर विराटनगरका पत्रकारहरुले समवेदना दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य अविनाश निधी, अग्रज पत्रकार शंकर लुइटेल, स्वतन्त्र पत्रकार...

एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...

एमसीसी जसरी पनि संसदबाट पास गर्नुपर्छः कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् । शुक्रबार कोसी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोसी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री...

७७ जिल्लामै फैलियो कोरोना

काठमाडौं, १३ असार-नेपालका ७७ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ । अहिलेसम्म बाँकी रहेको जिल्ला रसुवामा आज ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य...

एमाले महाधिवेशन प्रतिनिधि छनोटमा वडाध्यक्षसँग पराजीत भए प्रदेश सांसद

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन । झापा निर्वाचन क्षेत्र नम्बर–४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहनुभएका पूर्वमन्त्री...

भारतीय प्राध्यापकले भने, ‘नक्सायुद्ध कसले सुरु गरेको ? नेपाल काश्मिर होइन’

काठमाडौं, ८ जेठ-एक जना भारतीय मूलका प्राध्यापकले नेपालसँगको सीमा विवादलाई लिएर कडा प्रतिक्रिया सार्वजनिक गरेका छन् । स्विडेनस्थित उप्साला विश्वविद्यालयका शान्ति तथा द्वन्द्व अनुसन्धानका प्राध्यापक अशोक स्वीनले नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार गर्छ...

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, कोरोना रिपोर्ट आउँदै

इलाम, १ भदौ-इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर २६ साउनदेखि क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवकको मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएर उनी ढलेका थिए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्