फर्किन चाहने नेपालीलाई विवरण दिन अस्ट्रेलियास्थित नेपाली दूतावासको आग्रह

 न्यूज विराट
फर्किन चाहने नेपालीलाई विवरण दिन अस्ट्रेलियास्थित नेपाली दूतावासको आग्रह

काठमाडौं, १६ जेठ-अस्ट्रेलियास्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेलाई आफ्नो विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल फर्किन नपाएका र तत्काल नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका अस्ट्रेलिया र अस्ट्रेलियास्थित दूतावासको कार्यक्षेत्रमा रहेका देशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने तयारी गरिएको बताएको छ।

नेपाल सरकार मन्त्रिपरिषदको १२ जेठको निर्णयअनुसार नेपालीलाई फर्काउने व्यवस्था गर्न लागिएको दूतावासले जनाएको छ । नेपालीहरुलाई स्वदेश फर्काउनका लागि यसअघि दूतावासको फेसबुक पेज, इमेल, इमजेन्सी रजिष्ट्रेसन फाराम तथा टेलिफोनमार्फत् नाम टिपाएका र टिपाउन बाँकी रहेका नेपाल फर्कन चाहने सम्पूर्ण नेपालीले राजदूतावासको वेभसाइटमा राखिएको फारम भरेर २ जुन २०२० सम्ममा दूतावासमा बुझाउन आग्रह गरेको छ ।

विवरण अध्यावधिक भएपश्चात् मात्र नेपाल फिर्ता जान चाहने सम्बन्धमा प्राथमिकता निर्धारण गर्न, नेपालसम्मको पहुँच सुनिश्चित गर्न र नेपाल पुगेपश्चातको क्वारेन्टाइनको व्यवस्थापन गर्न सहज र सहयोग पुग्ने भएकोले सही विवरण उपलब्ध गराइदिनु अनुरोध गरेको छ ।

नेपाल फर्किन चाहनेहरुले नेपाल सरकारले निर्धारण गरेका शर्तहरु पालना गर्नुपर्नेहुन्छ । नेपाल आउनेहरुले अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टाइनमा र थप ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ भने हवाई उडान खर्च, होटल क्वारेन्टाइन खर्च, विमानस्थलदेखि क्वारेन्टाइनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ ।

यस्तै विमानमा यात्रा गर्नुअघि कोभिड–१९ संक्रमण नभएको पीसीआर रिपोर्ट पेश गर्नुपर्नेछ भने आफ्नो साथमा पनि राख्नु पर्नेछ । विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ भने ज्वरो मापन गरी १००.४ डिग्री ज्वरो आएको पाइएमा सोझै आइसोलेसन र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ ।

सबैले मोबाइलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘हाम्रो स्वास्थ्य एप’ डाउनलोड गरी क्वारेन्टाइनमा रहँदाको अवधिमा नियमित रूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ ।

सम्बन्धित समाचार

धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा

विराटनगर । स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा जारी भएकोले धरान शान्त छ...

प्रदेश सरकारको मध्यावधी पुस्तक सार्बजनिक

विराटनगर, २८ असोज–प्रदेश नं १ सरकारको पाँच वर्षे कायकलको आधा अवधि पुरा गरेको अवसरमा आज मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरिएको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलव्धिलाई जनता...

सस्तोमा सामान पाइने भन्दै फेक विज्ञापन गर्ने गिरोह सक्रिय, प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

काठमाडौं, २३ असार-महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत् मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ । महाशाखाले...

विराटनगरमा ११ जनासहित प्रदेश १ मा आज ५६ संक्रमित थपिए, संक्रमितको संख्या ३३६७ पुग्यो

विराटनगर, १५ भदौ-प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला...

जनकपुरमा रूघाखोकीको बिरामी देख्नेबित्तिकै डाक्टर डराउन थाले

जनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन । यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई प्रादेशिक अस्पतालसम्मले भर्ना गरेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी...

टी – २० क्रिकेटमा पुलिस र आर्मी विजयी

विराटनगर । कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आइतबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित...

१३ फागुनदेखि खेलकुद महोत्सव हुने, ६१ सदस्यीय मूल समारोह समिति गठन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव २०८१ आयोजना गर्ने भएको छ। विराटनगर स्थित बोर्ड कार्यालयमा शुक्रबार बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव...

माइतीघरमा रुकुम घटना र एमसीसीविरुद्ध विरोध प्रदर्शन

काठमाडौं, जेठ २६-नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ । सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्