कोरोना संक्रमणबाट अर्घाखाँचीका १ युवकको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट अर्घाखाँचीका १ युवकको मृत्यु

काठमाडौं, १५ जेठ-भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ ढिकुराका ३५ वर्षीया युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको लखनउ आसपास आइपुग्दा उनको गत १० जेठमा मृत्यु भएको थियो ।

लखनउबाट बस हिँड्दा बाटोमा छाती दुख्ने र बान्ता हुने भएपछि उनको बसमै मृत्यु भएको थियो । भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची जिल्ला अस्पतालका डा. कपिल गौतमले जानकारी दिए ।

शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो । शवसँगै आएका २ जनाको रिपोर्ट भने नेगेटिभ आएको डा. गौतमले जानकारी दिए । उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

सम्बन्धित समाचार

भोलिदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौं, २४ जेठ-सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ । लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन...

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

इलाम, १ साउन-तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नु परेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको...

टिभिएसआईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

विराटनगर । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा...

उदयपुरको भुल्केका थप ८ जनामा कोरोना पोजेटिभ, बीपी प्रतिष्ठानमा पुनः परीक्षण हुँदै

विराटनगर, ९ वैशाख-एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको...

‘नेता निषेधित क्षेत्र’ पुगेर विराटनगरका मेयर काेइरालाले भेटे सडक पीडित

विराटनगर । हुलाकी सडकबाट प्रभावित स्थानमै पुगेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयको गुनासो सुनेका छन् ।ठेकेदारको लापरबाहीका कारण विराटनगर–५ जामुनगाछी पश्चिम जाने सडक निर्माण हुन सकेको छैन । मेयर कोइरालाकै अग्रसरतामा पटक–पटक ठेकेदारसित छलफल...

गृहमन्त्री भएको कार्यक्रमदेखि एक सय मिटर अगाडी प्रदेश योजना आयोगको गाडीमा आगजनी

विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगर आएको बेलमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो...

आगलागीबाट १५ लाखको क्षति

विराटनगर, चैत ११–उदयपुरको त्रियुगा नगरपालिका–२ जोगीदहका हर्क बहादुर बिष्टको घरमा आगलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको छ । सोमवार दिउँसो साँढे ३ बजेको समयमा घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सेन्टिबेराको २...

आयतमा प्रतिबन्द लगाएको माछाको खुल्लेआम तस्करी, यसरी आइपुग्छ विराटनगर

विराटनगर । सरकारले आयतमा प्रतिबन्द लगाएको मागुर (मुर्गी) माछा प्रजातिका माछा खुल्लेआम तस्करी हुने गरेको पाइएको छ । दुई वर्ष अगाडी आयतमा प्रतिबन्द लगाएको मागुर अहिले मोरङ, सुनसरी र झापाको विभिन्न नाकाहरुबाट तस्करी हुने गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्