नारायणगढ-मुग्लिन सडक अवरुद्ध

 न्यूज विराट
नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, जेठ १५-नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइनखोला पुलमा २ सवारी साधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ ।

आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट वीरगञ्ज फर्कँदै गरेको ना८ख १५५२ नंको टेलर एकापसमा ठोक्किँदा १ चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनाका कारण नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सामान लोड भएको ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकाले निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता, कोशी र अरनिको स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस...

सुन्दरहरैंचाको कर घटाउन दबाब, मेयरविरुद्ध उत्रिए राजनीतिक दल र व्यवसायी

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने चेतावनी राजनीतिक दल र उद्योगी व्यवसायीले दिएका छन् । बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी दल...

लघुवित्तय विरुद्ध विराटनगरमा आन्दोलन

विराटनगर । लघुवित्तिय संस्थाले मनपरी ब्याजदर कायम गरी दिएकोे ऋण मिनाहा गरिनुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रद्र्धशन गरेका हुन् ।उनीहरुले...

प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक दिनेश गौतम घाइते

नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यस समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको प्रहरीको टोली र नेकपाका कार्यकर्ताबीच झडप हुँदा सादा पोशाकमा खटिएका महानगरीय अपराध महाशाखाका प्रहरी...

पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेकमा सिल 

जनकपुर, ४ जेठ-सेनाका अधिकारीहरु मै कोरोना संक्रमण देखिएपछि महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाको पूरै ब्यारेकलाई सिल गरिएको छ । सो व्यारेकका पृतनापति र एकजना चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण...

एकदिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री वेई

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल-चीन सम्बन्धको ६५औँ वर्षगाँठको अवसर पारेर आइतबार बिहान नेपाल आएका रक्षामन्त्री वेई साँझ स्वदेश फर्किएका हुन् । उनी काठमाडौंमा रहँदा...

असारभित्रै रेल सञ्चालनमा ल्याउने तयारी

धनुषा, फागुन १५–नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारीमा जुटेका छन् । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी भएको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताए । रेल विभागले रेल सञ्चालनका लागि...

नेकपा कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं, ६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादका विषय अध्ययन गर्न बनेको कार्यदले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवदेन बुझाएको छ । आज अपराह्न ४:४५ मा प्रतिवेदन बुझाएको पार्टी अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्