कर्णाली प्रदेशमा एक सातामै १३ हजार छिरे

 न्यूज विराट
कर्णाली प्रदेशमा एक सातामै १३ हजार छिरे

सुर्खेत, १४ जेठ-यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ ।

प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा सीमा नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नागरिक बबई पुग्दा स्वास्थ्य जाँच तथा खानपिनमा समस्या भएको छ ।

भारतका विभिन्न सीमानाकादेखि दैनिक हजारौँ नागरिक नेपाल छिर्ने र त्यसमा अधिकांश मान्छे कर्णालीको बबई पुग्न थालेपछि कर्णाली प्रदेश सरकारलाई थेग्न हम्मे हम्मे भएको छ । बबई नाकामा ठूलो सङ्ख्यामा नागरिक पुग्दा स्वास्थ्यकर्मीलाई आरडिटी गर्न गाह्रो भएको छ ।

यो समस्या देखिएपछि अहिले प्रदेश सरकारले सम्बन्धित गाउँपालिकामै नागरिक जान दिइएको र उनीहरूलाई त्यही जाँच्ने गरी आरडीटी उपलब्ध गराइएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

‘हामीले २० देखि २३ हजार कर्णालीवासी नागरिक आउँछन् भन्ने अनुमान गरेका थियौँ’, उनले भने, ‘यद्यपि अनुमानित सङ्ख्याभन्दा बढी नागरिक भित्रिने देखियो ।’ एकैपटक ४ हजारभन्दा बढी नागरिक गाडीको हुल बनाएर आउन थालेपछि केही बबई र केही सम्बन्धित स्थानीय तहमै आरडीटी जाँच गर्ने तवरबाट प्रदेश सरकार लागिरहेको मन्त्री रावलले बताए ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जेठ १ गतेयता कर्णाली प्रदेशमा १७ हजार ६० नागरिक प्रवेश गरेको बताए । ‘एक साताभित्र कर्णाली छिर्ने नागरिकको सङ्ख्या १३ हजार ८६ छ’, उनले भने, ‘जेठ १०–१३ गतेभित्र मात्र ११ हजार ५६९ नागरिक कर्णाली आएका छन् । तीमध्ये १२ गतेमात्र ४ हजार २९७ नागरिक कर्णाली प्रवेश गरेका छन् ।’

भारतबाट कर्णाली फर्कने सबैभन्दा बढी दैलेखका साढे ६ हजार नागरिक रहेको उनले बताए । दैलेख जिल्ला प्रशासन कार्यालयका अनुसार भारतबाट दैलेख आउने नागरिकको सङ्ख्या ४२ हजार छ । सूचना अधिकारी रायमाझीका अनुसार कर्णाली प्रदेशको डोल्पा जिल्लामा भने भारतबाट आउने नागरिकको सङ्ख्या शून्य रहेको छ ।

भारतले रेल बुकिङ सेवा शुरु गरेयता यहाँ नागरिकको सङ्ख्या ह्वात्तै बढेको छ । दैनिक भारतबाट कर्णाली भित्रिने नागरिक बढेसँगै एक साताभित्र कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

ज्याला मजदुरीका लागि भारत गएकाहरूको स्वदेश फर्कने क्रम रोकिएको छैन । भारतबाट स्वदेश फर्कने नागरिक अधिकांश कर्णालीकै भएकाले यहाँ आउने नागरिकको सङ्ख्या अझ बढ्ने देखिन्छ । बाहिरबाट आउने नागरिकका कारण कर्णालीमा कोरोनाको जोखिम बढेको चिकित्सकले बताउँदै आएका छन् ।

भारतबाट भित्रिनेहरुको स्वाब सङ्कलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सक टोली दैलेख पठाउने तयारी भइरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले जानकारी दिए ।

विश्वव्यापीरूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउन र त्यसले खोसिएको रोजगारीले भारतमा अलपत्र परेका नेपाली मातृभूमि फर्किनुको विकल्प पनि छैन । यद्यपि करिब २ महिनासम्म कोरोना सङ्क्रमण नदेखिएको कर्णालीमा जेठ १ गते भारतबाट फर्केका २३ जनामा कोरोना सङ्क्रमित भेटिएपछि यहाँका नागरिकमा त्रास बढ्दै गएको छ ।

भारतको गुजरातबाट आएका सुर्खेत चिङ्गाड गाउँपालिकाका एक युवाको मङ्गलबार राति नै कर्णाली प्रदेश अस्पतालमा ज्यान गइसकेको छ । यता प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भयावह बन्दै गएको र बोर्डरमा क्वारेन्टिनको जिम्मा नेपाली सेनालाई समयमै दिनका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमानाकामा नेपाली सेनालाई क्वारेन्टिन व्यवस्थापनको जिम्मा नदिए र आरडीटी जाँच गर्ने व्यवस्था मिलाउन नसकिए कर्णालीमा भयावह अवस्था आउने निर्देशक डा खड्को भनाइ छ ।

प्रदेश सरकारले पनि यसअघि नै भारतबाट आउने नेपालीलाई सीमानाकामै परीक्षण गरी क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरिसकेको छ ।  भारतमा कर्णाली प्रदेशका ८० हजार नागरिक रहेको प्रदेश सरकारले बताएको छ ।    – रासस

सम्बन्धित समाचार

पोखरीया स्कुलमा भर्ना हुन विद्यार्थीको भिड, कक्षा ११ मा भर्ना हुन ६९७ विद्यार्थीले दिए परीक्षा

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुनको लागि प्रवेश परीक्षा लिएको छ । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा र कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नको लागि पोखरीयाले विद्याथीहरुको...

बीपी प्रतिष्ठानको आन्दोलनरत पक्षसँग छ बुँदे सहमति

विराटनगर, २० साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच सहमति भएको छ । सहमतिसँगै आन्दोलनकारीले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोली र संघर्ष समितिबीच छ...

आँधीले अमेरिकाका ८ हजार उडान रद्द

टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिङ्‍गटन पोस्टको रिपोर्टअनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् । प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा...

त्रिदेशीय टी–२० को फाइनलमा नेपालको विस्फोटक ब्याटिङ

काठमाडौं, २१ चैत । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशी टी–२० क्रिकेटको फाइनलमा नेपालले पावर प्ले (६ ओभर) मा दुई विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेट छैटौँ ओभरमा...

शिक्षादीप कलेजका ११ विद्यार्थीले देखाए जलबायु परिर्वतनको ‘रिसर्च डकुमेन्ट्री’

विराटनगर । विराटनगस्थित शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययरत विज्ञान संकायका ११ जना विद्यार्थीहरूले जलबायु परिवर्तन सम्बन्धी रिसर्च गरेको डकुमेन्ट्री देखाएका छन् । विज्ञान संकायमा अध्ययन गर्दै आएका ११ जना विद्यार्थीहरूले लामो समयदेखि गर्दै आएको...

भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति

हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले...

अब सरकारी कार्यालय १०-५ नै सञ्चालन हुने

काठमाडौं, ६ साउन-सरकारी कार्यालय १०-५ सञ्चाल हुने भएका छन् । सरकारले सरकारी कार्यालयमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेकोमा सबै सेवाहरू नियमति सञ्चालन भएकाले सरकारी कार्यालय पनि एक सिफ्टमै सञ्चालन...

कोरोना संक्रमित र प्रहरीबीच झडप

दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्