भेरीमा हराइरहेकाको खोजी गर्न गोताखोरसहित सशस्त्र प्रहरीको टोली परिचालन

 न्यूज विराट
भेरीमा हराइरहेकाको खोजी गर्न गोताखोरसहित सशस्त्र प्रहरीको टोली परिचालन

काठमाडौं, १४ जेठ-भेरी नदीमा हराइरहेकाको खोजी कार्यका १८ जनाको टोली परिचालन गरिएको छ । गोताखोरसहितको १८ जनाको टोली शनिबारदेखि हराइरहेका ३ जनाको खोजी कार्यका लागि परिचालन गरिएको हो ।

शनिबार पश्चिम रूकुमको चौरजहारीमा मल्ल थरकी केटीसँग विवाह गर्नका लागि जाजरकोटका नवराज विकसहित १९ जना गएकोमा ३ जना भेरी नदीको किनारमा मृत भेटिएका थिए भने अन्य ३ जना हराइरहेका थिए । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको हो ।

हराइरहेका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली  परिचालित भएको सशस्त्र प्रहरी सशस्त्र प्रहरी प्रधानकार्यालयले जनाएको छ।

शनिबार पश्चिम रूकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको छ । अन्य ३ जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

सम्बन्धित समाचार

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय लिएको समितिका १ सदस्यले बताएका छन्...

४४ जना सहसचिव तथा उपसचिवहरुको सरुवा

काठमाडौं, १९ जेठ-गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सुर्खेतका...

सुनसरी एमालेको बिवाद मिल्यो, सर्वसम्मत छानिए ४२ जना महाधिवेशन प्रतिनिधि

सुनसरी, मंसिर ४ । – नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि सहमतिमा नै...

नासाका दुई अन्तरिक्ष यात्रीसहित स्पेसएक्स मिसन लञ्च

एजेन्सी, जेठ १७–स्पेसएक्सको अन्तरिक्ष यान द क्रु ड्रयागन नासाका दुई अन्तरिक्षयात्रीसहित प्रक्षेपण गरिएको छ । यो मिसन अमेरिककाको फ्लोरिडास्थित केनेडी एयर स्पेसबाट प्रक्षेपण गरिएको हो । अमेरिकाले ९ वर्षपछि अन्तरिक्ष मिसन पठाएको हो । निजी...

भारतको गतिविधि विस्तारबादी चरित्रः सांसद मण्डल

विराटनगर, बैशाख २७–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले भारतले विस्तारबादी चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले विश्वव्यापी माहामारीका रुपमा फैएिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका...

गर्मी मौसममा आँखा पाक्ने रोगको प्रकोप, यस्ता छन् उपचार र रोगबाट बच्ने उपाय

गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको पाइन्छ। प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्ति

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । योसहित प्रदेश सरकारमा कार्कीको तेस्रो इन्ट्री हो । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको...

कृषि विकास बैंकद्वारा महानगर र हाम्रो समाजलाई डस्विन प्रदान

विराटनगर । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्