ईद पर्व सबै नेपालीको मौलिक पुँजी होः प्रधानमन्त्री ओली

 न्यूज विराट
ईद पर्व सबै नेपालीको मौलिक पुँजी होः प्रधानमन्त्री ओली

काठमाडौं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन् ।

रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उनले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा  यस्ता पर्व र विशेषता यहाँ मौलिक पुँजीका रूपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाएका छन् ।

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरू मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गर्नुभएको छ ।

सम्बन्धित समाचार

निर्वाचन आयोगद्वारा तीनवटा दल खारेज

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका तीनवटा दलको दर्ता खारेज गरिएको आयोगले सूचना प्रकाशित गरेर...

भारत लैजान लागेको ६ जना बालकको उद्धार

विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...

सकियो वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर ११ लाई उपाधि

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगर १२ नं.वडालाई ६– ३ गोलले हराउँदै विराटनगर ११ ले उपाधि जितेको...

सरकारविरुद्ध प्रदर्शन गर्ने ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । एमसीसी, कोरोना संक्रमितको उचित उपचार, विदेशमा अलपत्र परेकालाई नेपाल फर्काइ व्यवस्थापनलगायतका माग युवाले गर्दै प्रदर्शन भएको हुन् । उनीहरूले अमेरिकी सहयोग नियोग एमसीसी राष्ट्रका...

पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

आज देशभरको मौसम सफा रहने

काठमाडौं, २३ कार्तिक । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज देशभरी कै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो ठेला रिक्सा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवारका महिलाहरुको आय आर्जनका लागि ठेला रिक्सा वितरण गरेको छ । एक कार्यक्रमकाबिच रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दुई जना महिलाहरुलाई व्यापार सञ्चालन गरि जिविकोपार्जन गर्न दुई...

लियो क्लबद्वारा स्वीटर वितरण

  बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक सामग्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्