पोखरीको डिलमा भेटियो १० लाख १० हजार रूपैयाँ

 न्यूज विराट
पोखरीको डिलमा भेटियो १० लाख १० हजार रूपैयाँ

जनकपुर, ८ जेठ-रौतहटमा एउटा पोखरीको डिलमा १० लाख १० हजार रूपैयाँ बरामत गरिएको छ । जिल्लाको इशनाथ नगरपालिकाको परोहा डुमरीयास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको हो ।

डुमरिया माईस्थान चोकसँगै रहेको पोखरीछेउमा २ जना व्यक्ति प्रहरीलाई देखेर भागेको र सो स्थानमा पैसा छरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उक्त रकम उनीहरूकै हुनुपर्ने प्रहरीको दाबी छ ।

ना५४प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई इशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले रोक्न खोजेको थियो । तर, उनीहरू रोकिएनन् । प्रहरीले पछ्याउन थालेपछि डुमरिया माईस्थान चोकसँगै रहेको पोखरीको छेउमा उनीहरू मोटरसाइकल छोडेर भागेको बताइएको छ ।

त्यहाँबाट बरामद रकम ईशनाथ नगरपालिकाका नगर प्रमुखको रोहबरमा गन्न लगाएाौँ १० लाख १० हजार रुपैयाँ रहेको पाइएको औरैयाका प्रहरी सहायक निरीक्षक ललितकुमार साहले बताए ।

बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ । फरार व्यक्तिहरूको पहिचान हुन सकेको छैन । भारतसँग सीमा जोडिएको रौतहटका औरैयाबाट ठूलो परिमाणको रकम बरामद हुनुले यो क्षेत्रमा हुण्डी कारोबार मौलाएको संकेत मिलेको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार

एम्बुलेन्स दुर्घटना हुँदा ५ जना कोरोना संक्रमित घाइते

अर्घाखाँची, २८ जेठ-कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएराती दुर्घटना हुँदा ५ सङ्क्रमित घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट...

बन्दाबन्दीको असर अन्तःशुल्कमा

विराटनगर, ३ साउन–आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल रु.छ अर्व ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु.१० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व...

कोरोना संक्रमणबाट एमाले नेता योगनारायण यादवको मृत्यु

कोरोना संक्रमणबाट नेकपा (एमाले) का नेता योगनारायण यादवको निधन भएको छ । एमालेका केन्द्रीय सदस्य यादवको उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा आज बिहान मृत्यु भएको हो । मिर्गौला रोगबाट पीडित यादवको आज बिहान ४ बजे...

उदयपुरमा थप तीन जना कोरोना संक्रमित, उदयपुरमा मात्र २७ जना

विराटनगर, बैशाख १०–उदयपुरको भुल्केमा थप तीन जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसअघि संकलित स्वाब परीक्षणको क्रममा बुधबार उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका २४ वर्ष, ६० वर्ष र ७२ वर्षका पुरुष संक्रमित पहिचान भएको...

सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छः मन्त्री राई

विराटनगर । सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ।जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर...

कांग्रेसले भन्यो : सरकारको आपत्तिजनक कदम, गैरजिम्मेवार प्रवृत्ति

नेपाली कांग्रेसले सोमबार जारी भएका २ अध्यादेशप्रति आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्ष दलको नेताविना संवैधानिक परिषद्ले निर्णय लिने र राजनीतिक दल फुट्न सहज हुने गरी अर्को पनि अध्यादेश प्रमाणीकरण भएपछि कांग्रेले आपत्ति जनाएको हो...

तिहारमा पूर्वसावधानी पालना गर्न झनै जरुरी : राष्ट्रपति

काठमाडौं, १ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । दीपावलीका असरमा सोमबार शुभकामना सन्देश जारी गर्दै...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भदौ-राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवारले जनाएअनुसार उनी केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्