संक्रमितको उपचारमा संक्रमित स्वास्थ्यकर्मीले सघाउँदै

 न्यूज विराट
संक्रमितको उपचारमा संक्रमित स्वास्थ्यकर्मीले सघाउँदै

विराटनगर, जेठ ८–विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनकुटाका ४ जना स्वास्थ्यकर्मी उपचाररत छन् । जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि कन्ट्याक टे«सिङका आधारमा गरिएको स्वाव परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टी भएका मध्ये धनकुटाका ४ स्वास्थ्यकर्मी कोभिड अस्पतालका अन्य ४६ जना संक्रमितसँगै उपचारमा छन् । आँफै उपचारमा रहेपछि उनीहरुले अन्य संक्रमितको स्वास्थ्य परीक्षणका विभिन्न कार्यमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको कामलाई सघाउँदै आएका छन् ।

सामान्य अवस्थामा रहेका स्वास्थ्यकर्मीले अन्य संक्रमितलाई कोरोनाका बारेमा सचेतना र डिस्चार्ज पछि गर्नुपर्ने कामका बारेमा पनि बताउने गरेका छन् । कोभिड अस्पतालका फिजिसियन डा.डेन आचार्यका अनुसार स्वास्थ्यकर्मीले भर्ना भए लगत्तैदेखि संक्रमितको उपचारमा सघाउँदै आएका छन् । ‘उहाँहरु सामान्य अवस्थाको हुनुहुन्छ ।’ उनले भने,‘ संक्रमितलाई कोरोनाका बारेमा विभिन्न विषयमा जानकारी गराउँदै उपचार कार्यमा हामीलाई उहाँहरुले सघाउँदै आउनु भएको छ ।’

कोभिड अस्पतालमा उपचारत एक संक्रमितलाई निमोनिया भएको छ । ‘निमोनियाँ भएका संक्रमितको उपचारमा स्वास्थ्यकर्मीले सहयोग गर्नुभएको छ’ डा. आचार्यले भने । कोभिड अस्पतालमा चिकित्सक सहित २५ जना स्वास्थ्यकर्मीहरु उपचारमा खटिएका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु ७ दिन कोभिड अस्पतालमा रहेका संक्रमितको उपचारमा संलग्न रहनुहुन्छ । ७ दिनको अस्पताल बसाईपछि १४ दिन क्वारेन्टाईनमा बस्ने गर्नुभएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । २६ जना डिस्चार्ज भएका छन् । विराटनगर स्थित कोभिड–१९ उपचार केन्द्रमा स्वास्थ्यकर्मी सहित ५० जना अहिले उपचाररत रहेको अस्पताले जनाएको छ ।

सम्बन्धित समाचार

नेपाली सीमा चौकीमा आक्रमणको प्रयासः भारतीय पक्षले माग्यो माफी

झापा, २४ वैशाख-झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मंगलबार माफी मागेको छ । झापा गाउँपालिका-४ सुकुम्वासी बस्तीमा १५० को संख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ...

ताप्लेजुङमा चट्याङ लागेर २३ वर्षीय युवककाे मृत्यु

चट्याङ लागेर ताप्लेजुङकाे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकामा...

रतुवामाईको मकैबारीमा महिलाको हत्यामा संलग्न पक्राउ, प्रेमीले हत्या गरेको खुलासा

विराटनगर, ४ असार । मोरङको कानेपोखरीकी सरिता सोरेनको हत्या उनकै प्रेमीले गरेको रहस्य बाहिर आएको छ । घटना घटेको करिब डेढ महिना पछि प्रहरीले सरिताको हत्यामा संलग्न ३१ वर्षीय रतुवामाई–६ का सुफल हस्दालाई पक्राउ गरेसँगै...

कृषकलाई मकैको बिऊ र जिङ्क वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले...

चौथो कोरोना संक्रमितसँगै नेपाल आएका विराटनगरका युवा क्वारेन्टाइनमा

नेपालमा फेला परेका कोरोना भाइरसका चौथो संक्रमित व्यक्तिसँगै आएका विराटनगरका एक युवा र उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । कैलालीको धनगढीका ३४ वर्षीय एक व्यक्ति चौथो संक्रमित भएको पुष्टि भई उपचाररत छन् । उनीसँगै...

झीः पुचमा सामूहिक बेल विवाहको रौनक (फोटो फिचर)

विराटनगर । नेवार समुदायका कन्याले अनिवार्य रुपमा गर्नुपर्ने परम्परागत धार्मिक विधि हो, बेलबिवाह । सुनको प्रतिमा सूर्यलाई अर्पण गरी कन्याको विवाह गर्ने र बुबाले छोरीलाई कन्यादान दिने परम्परा छ । व्यक्तिगत रुपमा आयोजना गर्दा खर्च...

परिवारको साथमा लगाए प्रधानमन्त्री देउवाले दसैंको टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंको टीका लगाएका छन्। शुक्रबार बिहान १०:०२ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवाले टीका लगाएका हुन् । श्रीमती आरजु राणा देउवा, छोरा जयवीरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गरेका छन् । साथमा प्रधानमन्त्रीका...

उपत्यकामा आज अहिलेसम्मकै बढी संक्रमित थपिए

काठमाडौं, ३२ साउन–आइतबार काठमाडौं उपत्यकामा थप १७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्