९२ हजार मेट्रिक टन चामल मौज्दात

 न्यूज विराट
९२ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार ५ सय ४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन गरी २ निकायसँग ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात रहेको हो ।

कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ८४३ मेट्रिक टन चामल, ६६४ क्विन्टल फापर, ५२४ क्विन्टल सिमी, ५५७ मेट्रिक टन  गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा २ हजार ८२५ मेट्रिक टन नून गरी १ लाख ३७ हजार ९६६ मेट्रिक टन मौज्दात छ ।  मन्त्रालयको तथ्यांकअनुसार साल्ट ट्रेडिङसँग २ हजार २६३ चिनी र निजी क्षेत्रसँग ६३ हजार २०७ गरी ६५ हजार ४७४  चिनी मौज्दात  छ ।

यसैगरी निजी क्षेत्रका व्यापारीसँग दाल तथा गेडागुडी १६ हजार ८१ मेट्रिक टन मौज्दात  छ भने ८३ हजार ९६७ मेट्रिक टन खाने तेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।

मौज्दात पेट्रोलियम पदार्थ 

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट मंगलबार ९ सय ३२ किलोलिटर डिजेल आयात भएकामा १ हजार ६ सय ५१ किलोलिटर बिक्री भएको र ३३ हजार १७४ किलोलिटर मौज्दात रहेको छ ।

बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएपछि नेपाल आयल निगमले भण्डारणबाट निश्चित मात्रामा तेल घटेकाले इण्डियन आयल कर्पोरेशनलाई अनुरोध गरेर पाइपलाइन सञ्चालन गर्दै आएको छ ।

बन्दाबन्दीअघि दैनिक सञ्चालन भएको पाइलपाइन हाल आवश्यकतानुसार सञ्चालन गरिँदै आएको छ । यसैगरी निगमसँग छ हजार ५५० किलोलिटर पेट्रोल, दुई हजार १४२ किलोलिटर मट्टीतेल, ७ हजार ३४ किलोलिटर हवाइ इन्धन गरी ४८ हजार ९ सय किलोलिटर पेट्रोलियम पदार्थको मौज्दात छ । त्यस्तै विभिन्न एलपी ग्यास उद्योगसँग ११ मेट्रिक टन ग्यास मौज्दात रहेको जनाइएको छ । रासस

सम्बन्धित समाचार

आरडीटी पोजिटिभ देखिएका प्रदेश सांसदको पीसीआर रिपोर्ट नेगेटिभ

बुटवल, ९ जेठ-प्रदेश ५ का २ सांसदसहित सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । बिहीबार प्रदेश सभा सचिवालय परिसरमा गरिएको आरडीटी परीक्षणमा २ सांसदसहित ११ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनीहरू सबैको हिजो...

त्रिदेशीय टी–२० को फाइनलमा नेपालको विस्फोटक ब्याटिङ

काठमाडौं, २१ चैत । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशी टी–२० क्रिकेटको फाइनलमा नेपालले पावर प्ले (६ ओभर) मा दुई विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेट छैटौँ ओभरमा...

आइतबारको बिदा आजदेखि लागू

काठमाडौं । आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष...

हाफ म्याराथुनको उपाधि सरोज र अंशुलाई

विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् ।नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथुन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत...

कित्ताकाट खुलाउन नेपाल जग्गा तथा आवास विकास महासंघको माग

विराटनगर । नेपाल जग्गा तथा आवास विकास महासंघले सबै ठाउँका कित्ताकाट खुलाउनुपर्ने बताएको छ। सरकारले भूउपयोग नीति कार्यान्वयन गरेसँगै अधिकांश पालिकामा कित्ताकाट रोकिएको छ। पालिकाले जमिनको वर्गीकरण गरेसँगै कित्ताकाट गर्न सकिने व्यवस्था छ। महासंघले हालसम्म...

रुकुम घटनालाई लिएर संसद अवरुद्ध

काठमाडौं, २३ जेठ-रुकुम घटनालाई लिएर प्रतिनिधि सभा अवरुद्ध गरिएको छ । प्रतिनिधि सभा सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन् । रुकुम पश्‍चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने...

विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी, २ असोज-विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको...

प्याब्सन मोरङको निर्वाचन : बस्नेत र सुवेदीको समूह चुनावी मैदानमा

विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी प्याब्सन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्